हेटौँडाः जेसीआई हेटौँडाको आयोजना तथा मकवानपुर जिल्ला साइक्लिङ संघको सहकार्यमा हेटौँडामा तेस्रो साइकल जात्राको आयोजना गरिएको छ । शनिबार “स्वास्थ्यका लागि साइकल” भन्ने नारालाई सार्थक बनाएर साइकल जात्राको आयोजना गरिएको हो । जात्रामा मकवानपुर र बारा जिल्लाका करिब २ सय ५० जना सहभागी भएको मकवानपुर जिल्ला साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठले जानकारी दिनुभएको छ ।
हेटौँडा–४, हुप्रचौरबाट सुरु भएको साइकल जात्राले ३७ दशमलव ५ किलोमिटरको यात्रा पूरा गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । हुप्रचौरबाट कपुर कम्पलेक्स हुँदै, बुद्धचोक, चौकीटोल, जलेश्वर मन्दिर, वनस्खण्डी, सानोपोखरा, चुच्चेखोला, चिसापानी हटिया, कमाने, एचआइडी, वनस्पती, पदमपोखरी, कुसमाण्ड सरोवर, सिमेन्टरोड हुँदै हेटौँडा–९ स्थित जेसीआई हेटौँडाको सचिवालयमा आएर जात्रा समापन गरिएको थियो । जात्रामा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ । २०७४ सालबाट जात्राको आयोजना गर्न सुरु गरेपनि कोरोना महामारीका कारण साइकल जात्रा निरन्तर सकेको थिएन ।
जेसीआई हेटौँडाका अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षमा तथा नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँको प्रमुख आतिथ्यमा जात्राको उद्घाटन भएको हो । उद्घाटन समारोहमा जेसीआई हेटौँडाका पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो ।