हेटौँडा : शिक्षक सेवा आयोगले आगामी शनिबार सञ्चालन गर्ने माध्यमिक तहको शिक्षक छनोट परीक्षामा हेटौँडामा ६ हजार ७ सय ७८ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार परीक्षा दिउँसो १ बजेबाट संचालन हुनेछ । इकाईकी प्राविधिक सहायक सरला अधिकारीका अनुसार २७ वटा परीक्षा केन्द्र तोकिएको छ । शनिबार हुने परीक्षा प्रारम्भिक चरणको परीक्षाको रुपमा रहनेछ । प्रारम्भिक परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीले विषयगत परीक्षामा सहभागिता जनाउनेछन् ।