एउटा गाउँमा आमा र दुई छोरा राम र श्याम बस्थे । राम आफ्नो र श्याम सौताको छोरा थियो । आमाले श्यामलाई सानैदेखि हेला गर्नु हुन्थ्यो । श्यामलाई सानैदेखि चित्रकलामा रुचि थियो । तर आमाले जहिल्यै श्यामलाई हेर त तेरो भाइ कति पढ्छ, तँ भने जहिल्यै अनेक चित्र कोर्दै बस भनेर गाली गर्नु हुन्थ्यो । हुँदाहुँदा आमाले श्यामलाई एकदिन घरबाट निकाली दिनुभयो ।

विचरा श्याम बाटोमै सुत्थ्यो, बाटोमै बस्थ्यो । एकदिन एउटा बाटोमा हिँडिरहेको मानिससँग आँखाभरी आँशु लिएर एउटा कलम र कापी माग्यो । अनि उस्ले बाटोमै बसेर चित्र कोर्न थाल्यो र दिन बित्दै गयो र एकदिन श्याम ठूलो चित्रकार बन्यो । उता उसको भाइ विदेश गएछ । घरमा आमा एक्लै । एकदिन आमा साह्रै बिरामी पर्नु भयो र छिमेकीले अस्पतालमा लगिदिए ।

रामलाई विदेशमा फोन गरेर छिमेकीले सबै कुरा बताए । तर रामले उसको कामबाट आउन नसक्ने बतायो । श्यामले कहाँबाट आमा अस्पतालमा हुनुहुन्छ भन्ने थाहा पाएर आफ्नो सबै काम छाडेर अस्पताल पुग्यो । आमा बेहोस हुनुहुन्थ्यो । आँखा खोल्दा श्यामलाई अगाडि देखेर आँखाभरी आँशु पारेर हेर्नुभयो र आफूले गरेको कामको पछुतो मानेर आफैंलाई धिक्कार्नु भयो ।

(नवसर्जक साहित्य चौतारी नेपालले २०८१ साल असार ११ गते आयोजना गरेको लघुकथा प्रतियोगितामा प्रथम हुन सफल लघुकथा)

कक्षा–१०, जीएस निकेतन मावि, हेटौँडा–५