(पुस्तक समीक्षा)
हुस्सु काग र छट्टु स्याल कथाका लेखक एस प्रधान हुन् । कथालय इंक काठमाडौँले यस पुस्तकलाई प्रकाशनमा ल्याएको हो । २०६६ सालमा ४००० प्रति छापेर पहिलो प्रकाशन भएको यो पुस्तकको पाना सङ्ख्या ८ वटा रहेका छन् । यो पुस्तकको आईएसबिएन नम्बर ९७८ ९९३७ ५१५ ०१ ६ रहेको छ । यो पुस्तक बजारमा किन्न पाइन्छ ।
यस पुस्तकमा एउटा चलाख स्याल र मूर्खताको विषयको बारेमा लेखिएको छ । मूल शीर्षक हुस्सु काग र छट्टु स्याल रहेको यो पुस्तक मध्यम आकारको रहेको छ । गातामा काग, स्याल, रुख, हरिया घाँसपात र वनजङ्गलको चित्र कोरिएको छ । यो पुस्तक पढ्न मलाई १५ मिनेट लाग्यो । यस पुस्तकमा लेखिएका शब्द र प्रयोग भएको भाषा पढ्न सजिलो र बुझिने खालका छन् ।
यस पुस्तकले हामीलाई हामीले अरुको कुरामा सजिलै विश्वास गर्नु हुँदैन । मिठो कुरा गरेर फसाउन सक्ने पात्रहरूसँग जोगिनुपर्छ अरुको कुरामा सजिलै विश्वास गर्नाले दुःख पाइन्छ र मूर्ख बन्न पुगिन्छ । हामीले आफ्नो बुद्धिको प्रयोग गरेर सही र गलत छुट्याउन सक्नुपर्छ नत्र हाम्रो सोझोपनको फाइदा अरुले लिन सक्छन् जस्तै यस पुस्तकमा छट्टु स्यालले सोझो कागलाई फसाएको कथाजस्तै हामीलाई पनि अरुले फसाउन सक्छन् भन्ने हो । मलाई यो पुस्तक पढ्दै गर्दा रमाइलो र महत्वपूर्ण लाग्यो । यस पुस्तकले हामीलाई अरुको कुरामा सजिलै विश्वास गर्नु हुँदैन अरुले जे भन्यो त्यही मानिहाल्नु पनि हुँदैन आफ्नो बुद्धिले काम गर्नुपर्छ । र काम गर्दाखेरि धेरै सोच विचार पु¥याएर गर्नुपर्छ भन्ने कुरा सिकाएको छ । हामीलाई यस पुस्तकले ज्ञान गुणका कुराहरू हामीलाई फाइदा पुग्ने कुराहरू सिकाएको छ त्यसैले हामी बालबालिकाहरुले यो पुस्तक पढ्नु जरुरी छ ।
मैले यो पुस्तक पढ्दै गर्दा सच्याउनुपर्ने कुनै कमजोरीहरू भेट्टाइन यो पुस्तक हामी सबैका लागि फाइदाजनक पुस्तक भएकाले म यो पुस्तक मेरा सबै साथीहरूलाई पढ्न अनुरोध गर्छु र जसले जे भन्यो त्यही कुरामा विश्वास गरेर मूर्ख बन्नु हुँदैन । अरुले हामीलाई किन फकाउँदै छन्, कतै गलत बाटोमा लैजाँदै पो छन् कि? भन्ने कुरामा सोच विचार गरेर काम गर्नुपर्छ भन्ने शिक्षा पनि दिन चाहन्छु ।
कक्षा–५, बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, हेटौँडा–२