(पुस्तक समीक्षा)
मैले पढेको पुस्तकको नाम माछा मान्छे हो । यसका लेखक इन्दु पन्त हुनुहुन्छ । यो कथा विधाको पुस्तक हो । यसलाई कथालइङ्क काठमाडौँले २०७३ सालमा पहिलो संस्करणको रुपमा प्रकाशनमा ल्याएको हो भने २०७६ सालमा हजार प्रति छाप्दै दोस्रो संस्करण पनि बजारमा उपलब्ध रहेको छ । २४ पृष्ठ संख्या भएको सानो आकारको पुस्तक रहेको छ ।
यस पुस्तकले प्रतीक्षाको फल मिठो हुन्छ भन्ने विषयलाई समेटेर कथा बनाएको छ । किताबभित्र पढ्नुपर्ने अभ्यास वा विषयहरू माछा मान्छे मात्रै रहेका छन् । रङ्गीन कागजमा विभिन्न चित्रहरू राखी छापिएको यो पुस्तकमा आधा माछा र आधा मान्छे भएको चित्र छ र एक सानी नानीको सुन्दर चित्र पनि रहेको छ हेर्दा पुस्तक निकै नै आकर्षक लाग्दो रहेको छ । यो पुस्तक पढ्न मलाई २० देखि २५ मिनेट मात्र लाग्यो । किनकि यो सानो आकारको पुस्तक हो र यस पुस्तकमा लेखिएको भाषा शुद्ध छन्, प्रष्ट बुझ्न सक्ने खालका छन् । हरेक शब्दका अर्थहरु पनि सजिलै बुझ्न सकिने खालका छन् । यो पुस्तक साना नानीबाबुहरूका लागि भाषा र अक्षर सिक्नका लागि निकै नै सजिलो पुस्तक रहेको छ । यस पुस्तकले हामीलाई सुखमा मात्तिनु हुन्न र दुःखमा आत्तिनु पनि हुँदैन, कोही नहुनेको पनि भगवान हुन्छ, दुःख परेकालाई कुनै रुपमा आएर हामीलाई भगवानले मद्दत गरिरहनु भएको छ भनेर बुझाउन खोजिएको छ ।
यस पुस्तकमा मलाई पढ्दै गर्दा रमाइलो लागेको कुरा यहाँ एकजना पात्रका रूपमा आएका काकालाई डोरी देख्दा पनि सर्प जस्तो लागेर तर्सिएको घटना भने मलाई निकै महत्वपूर्ण लाग्यो । त्यस्तैगरी काकाको सपनामा माछा मान्छेको रुपमा आएर भगवानले जस्तै अर्ति दिएर गएको कुरा पनि रहेको छ । मलाई यो पुस्तक निकै नै मनप¥यो । यसमा रहेका चित्र र यस कथामा व्यक्त गरिएका शब्दहरू सजिलै बुझ्न सक्ने र आकर्षक पनि रहेको छ । यो पुस्तकमा म जस्तै साना साथीहरुलाई पढ्नका लागि आग्रह गर्दछु । यो पढ्दै गर्दा मैले यसमा सच्याउनुपर्ने कुनै कमजोरी देखिन । र अन्तमा म यो पुस्तक पढेर सबैलाई यो भन्न चाहन्छु कि हामीले नराम्रो काम कहिल्यै गर्नु हुँदैन र कसैलाई पनि नराम्रो व्यवहार गर्नु हुँदैन, यो पुस्तकबाट लिन सकिने ज्ञान यही नै रहेको छ ।