हेटौंडाः मकवानपुर जिल्लाको प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको शहीद स्मारक आजदेखि खुल्ने भएको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरेसँगै बन्द भएको पर्यटकीयस्थल आज बुधबारदेखि खुल्ने शहीद स्मारकका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।

शहीद स्मारकमा आउनेले माक्स प्रयोग गर्नुपर्ने, भौतिक दुरी कायम गर्ने गरी भ्रमण गर्न पाउने व्यवस्था गरिएको जनाएको छ । शहीद स्मारकमा सर्वसाधारणलाई प्रवेश खुला गरे पनि सभा, सम्मेलन, वनभोज लगायत भिड हुने कार्य भने गर्न नपाइने कार्यालय प्रमुख न्यौपानेले बताउनुभयो । शहीद स्मारक बिहान १० बजेबाट साँझ ६ बजेसम्म खुल्ला गरिनेछ ।