हेटौंडाः हेटौंडा उपमहानगरले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा राखेको छ । हेटौंडा उपमहानगरले अगामी वर्ष २०७७/७८ को बजेटमा व्यवसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रम, मूल्य श्रृंखला कायृक्रम, कृषि ईन्जिनियरिङ प्रवर्धन तथा बिउविजन वितरण कार्यक्रमका लागि २ करोड ९६ लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै खोर सुधार, गोठ सुधार, गाई पालन, बंगुरपालन, बाख्रापालन, पशु आहार घाँस वितरण, औषधी खरिद, बिउको वर साँढे वितरण लागयत पशु सेवासम्बनधी कार्यक्रमका लागि १ करोड ५८ लाख बजेट विनियोज गरिएको उपमहानगरपालिकाकी उममेयर लामाले बताउनुभयो ।
यसैगरी कृषि विकास, पशु सेवा, उद्योग प्रर्वर्धन, पर्यटन विकास, सहकारी प्रवर्धन तथा आर्थिक विकास क्षेत्रका लागि ६ करोड ५३ लाख बजेट विनियोज गरिएको छ ।

उपमहानगरले आगामी वर्षमा सामुहिक टनेल खेती, कृषक पाठशाला, अर्गानिक खेती प्रवर्धन, बाली संरक्षण कार्यक्रमहरुलाई प्रोत्साहन गर्ने भएको उपमेयर लामाले बताउनुभयो । निर्वाह मुखि खेती प्रणालीलाई व्यवसायिक खेती प्रणालीमा रुपान्तरण गर्ने र कृषि उपकरण र पशु विमाका लागि अनुदान आगामी वर्षमा पनि उपलब्ध गराइने भएको छ ।