हेटौंडाः हेटौंडाको थोक तरकारी बजार आज बिहानैको वर्षाले प्रभावित बनेको छ । बिहान खुद्रा व्यापारी बजार आउने समयमै पानी परेपछि खुद्रा व्यवसायी कम आएको र तरकारीको विक्री कम भएको व्यवसायी बद्रि घिमिरेले बताउनुभयो । आज पनि तरकारीको मूल्य घटेको छ ।
लहरेबालीको प्रमुख सिजन सुरु भएसँगै उत्पादन बढ्ने र मूल्य घट्ने क्रम सुरु भएको छ । आज तन्नेबोडी, मकैबोडी, करेला, भिन्डी, घिरौँला, परवलको मूल्य घटेको छ । तन्नेबोडी प्रतिकेजी १० रुपैयाँले घटेर आज ३० रुपैयाँमा कारोबार भएको छ । मकैबोडी प्रतिकजी ५ रुपैयाँ घटेर ४५ रुपैयाँ, करेला, भिन्डी र परवलमा प्रतिकेजी १० रुपैयाँ घटेर क्रमशः ४०, ४० र ७० रुपैयाँ प्रतिकेजीमा विक्री भएको छ ।