हेटौंडाः कपिलवस्तु जिल्लाको दुई गाउँपालिकामा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ संक्रमितको पुष्टि परेको हो । काठमाडौंको टेकुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको पीसीआर विधिबाट परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ५ र बुद्धभूमि गाउँपालिका वडा नम्बर ७ र १० का १८, १९, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयको सहप्रवक्ता समीरकुमार अधिकारीले जारी गर्नुभएको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ । साथै एकजना पुरुषको उमेर नखुलेको मन्त्रालयले जनाएको छ ।

संक्रमित पहिचान भएका मध्ये सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । १० जना नयाँ सक्रमित पहिचान भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । संक्रमित मध्ये ३१ जना निको भएका छन् । नेपालमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।