हेटौंडाः हेटौडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्कमा निर्वाचन बिरुद्ध गतिबिधि गर्न खोज्ने नेकपा बहुमत समुह मकवानपुरका जिल्ला ईन्चार्ज रबि खड्कासहित ७ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।
आज बिहान ९ बजेर ५० मिनेटको समयमा प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहटी टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले नेकपा बहुमत समूहका जिल्ला ईन्चार्ज रबि खड्का, जिल्ला संयोजक शक्ती मगर, जिल्ला सचिवालय सदस्य लिला माझी, सदस्यहरु अजय गहतराज, विकास लामा, अनिल सिंतान, युवा अध्यक्ष बसन्त लामालाई पक्राउ गरेको हो ।