हेटौंडाः मकवानपुरमा दिउँसो १२ बजेसम्ममा ३० प्रतिशत भन्दा बढी मत खसेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मकवानपुरमा दिउँसो १२ बजेसम्म ३० प्रतिशत भन्दा बढी मत खसेको मकवानपुर निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभएको छ । उहाँले मतदान कार्य शान्तिपूर्ण रुपमा भईरहेको बताउनुभयो । मतदान शान्तिपूर्ण रुपमा भईरहेको बताउदैं उहाँले कडा सुरक्षा व्यवस्था रहेको बताउनुभयो । सुरक्षाका लागी नेपाली सेनाको हवाईगस्ती रहेको पनि उहाँले बताउनुभयो । आफूहरु मदनस्थलमा गएर निगरानी गरिरहेको पनि उहाँले बताउनुभयो ।
मकवानपुरमा ३ लाख ७ सय ३३ मतदाता रहेका छन् । मकवानपुरमा १ सय ६७ वटा मतदान स्थल रहेका छन । जसमध्ये मकवानपुरका १० वटा मतदानस्थल अपाङ्गमैत्री बनाइएको छ । ती सबै मतदानस्थल हेटौंडा उपमहानगरपालिका भित्र रहेका छन् ।