हेटौंडाः पितृ तथा गोकर्ण औशीका रूपमा मनाइने आजको दिनलाई बाबुको मुख हेर्ने दिनको रूपमा मनाउने गरिन्छ । छोराछोरीले आफ्नो बाबुलाई मनपर्ने मिठाई तथा भोजन गराई सम्मान प्रकट गर्ने परम्परा रहेको छ ।

आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकोमा बाबुप्रति कृतज्ञता ज्ञापन गर्न पितृ दिवसका रूपमा मनाईने यस पर्वमा छोराछोरीले बाबुलाई कपडा, तथा सजावटका सामान दिने चलन बढेको छ । कुशे औंशी सनातन हिन्दू परम्परामा भाद्र महिनाको औंशीको दिन मनाइने पर्व हो । कुशे औंशीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।

साथै देव तथा पितृकार्यमा प्रयोग गरिने कुश आज घर–घरमा भित्राइदै छ । यस दिनमा विधीपूर्वक कुश काट्ने र आफ्नो तथा जजमानको घरमा पुर्याउने गरिन्छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख, शान्ति, मिल्ने धार्मिक विश्वास रहिआएको छ भने यसको प्रयोग आयुर्वेदिक उपचारमा समेत गरिन्छ । विषेश गरी धार्मिक तथा पितृ कार्यमा बढी प्रयोग हुने कुशको पौराणिककालमा पनि निकै धेरै प्रसंग उल्लेख गरिएको छ । कुशको प्रयोग धार्मिक तथा पितृकार्य गर्दा कुशको औठी, ब्राम्हण, मोटक, पवित्र, कुशको टुक्रा आदिको रूपमा प्रयोग गर्ने चलन छ ।

कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औंशीमा पुर्याउँदछन् र यजमानहरूले पनि सिधा–दक्षिणा आदिद्वारा पुरोहितलाई सम्मान गर्दछन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख, शान्ति, मिल्ने धार्मिक विश्वास रहिआएको छ भने यसको प्रयोग आयुर्वेदिक उपचारमा समेत गरिन्छ । विषेश गरी धार्मिक तथा पितृ कार्यमा बढी प्रयोग हुने कुशको पौराणिककालमा पनि निकै धेरै प्रसंग उल्लेख गरिएको छ ।