लागुऔषध गाँजासहित पक्राउ परेका बल ।

हेटौंडाः प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौंडा ३ बस्ने ४२ वर्षीय लक्ष्मण बललाई शंकास्पद अवस्थामा फेला पारी सुरक्षा जाँच गर्दा लागुऔषध फेला पारेको थियो ।

शनिबार बिहान ११ बजेको समयमा हेटौंडा १९ गुम्बाचोक स्थित पूर्व पश्चिम सडक खण्डमा बलले लुकाई छिपाइ ल्याएको अवस्थामा ५ किलो ४ सय ग्राम लागु औषध गाँजा फेला पारेको हो । प्रहरीले लागुऔषधसहित बललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।