परिचयः सूर्यको गतिलाई अयन भनिन्छ । दक्षिण दिशातर्फ सूर्यको गतिलाई दक्षिणयान भनेको छ । यस समय विसर्गकाल हुनाले सूर्यको ताप कम र चन्द्रमाको शीतलता बृद्धि भएकोे हुन्छ । यसैले वातावरणमा गीलोपन बढि भएर खाद्यपदार्थ र औषधि वनस्पतिहरुमा स्निग्धता बढ्छ । यसै कारण प्राणी र मनुष्यको शक्तिमा बढोत्तरी देखिन्छ । श्रावन र भदौ वा जुलाइ, अगस्ट, सप्टेम्बरका महिनाहरु यस कालावधिमा पर्छन् । द्रव्यहरुमा अमिले रस बढेको हुनाले पित्त दोष को सञ्चय र वात दोष को प्रकोप हुन्छ ।
१) वर्षाऋतुमा हुने रोगहरु : चिसो लागेर ज्वारो, खोकी, रुघा र निमोनिया हुन सक्छ । छाला सुक्खा र वात प्रकोप बाट श्वासरोग, गढिया, टन्सीलाइटोस, जोर्नीदुखाई चिलाउने को कष्ट हुन सक्छ ।
२) रोगहरुको प्रतिकार : कतिपय सामान्य सावधान राखेपछि वर्षायाम का विभिन्न रोगहरु बाट बच्न सकिन्छ । सबै उमेरका व्यक्तिहरुले स्वस्थ रहनका लागि यो अत्यन्त जरुरी छ । जुन महिलाहरुको टाउकोमा कपाल अलि बढि बाक्लो, घना हुन्छ, उनिहरुले बढि सावधान हुनु पर्छ । पानीमा भिजेर ओसिलो वातावरणको कारणले झर्न सक्छ पुरानो टाउको दुखाई पनि बढ्न सक्छ । त्यसैले कपालका जराहरु राम्ररी नसुकाइकन सुत्नु हुँदैन कहिले काहीँ कपाल सुकाउन ड्रायर प्रयोग गर्न सकिन्छ । वातावरणमा पानीको परिणाम बढी रहन्छ । यस कारण लुगा—फाटाहरु छिटो सुक्दैन यसका लागी सुत्ने कोठामा भिजेको लुगाहरु फ्यानको मुनि राखिन्छ । तर यस्तो गर्नु साना बच्चाहरुका लागि घातक हुन सक्छ । चिसोलागेर विभिन्न विपत्ति निम्त्याउने आशङ्का रहन्छ ।
३) शरीर भिज्नबाट बच्नको लागि छाताको व्यवहार अवश्य नै गर्नुस् । रेनकोट बढी समय शरीरमा रहेपछि भित्रका गर्मी—बाफ बाहिर न निस्कने स्थिति निर्माण हुन्छ यस्तो गुम्सेको अवस्थामा एलर्जी हुन सक्छ ।
४) काँचो साग तरकारी र फलफुलहरु राम्ररी धूएर खानु उचित । आवश्यकता परे तातो पानीको व्यवहार गर्न सकिन्छ । नत्र जियारडीयासिस जस्तो विभिन्न पेटका जुकाजन्य व्याधिलाई नियन्त्रण पाईन्छ । खाना पकाउन प्रयोग गरिने भाँडाकुडा गरम पानीबाट पखाल्नु पर्छ । खासगरि शिशुहरुलाई खुवाउने पात्रहरु बिरेनूनको साथ हर्रोखानो ।
५) शरीरका छोपीने अङगहरु, विशेषत : जोर्नी काखी, बगली मा वर्षीयाममा ब्याक्टेरिया वा फङग्स (ढुसी) पलाउन सक्छ । संक्रमणबाट जोगिनको लागी नित्य स्नान गरेर शैंहरु राम्ररि सफा गरेर साबुन तेल को व्यवहार गर्नु पर्छ ।
६) वर्षाको पानी कुनै ठाँउ जम्न दिनु हुँदैन । यसमा लामखुट्टेहरुको वंश वृद्धि छिट्टो हुन्छ । यिनीहरुको आक्रमणबाट मलेरिया, डेङगु, एनसफालाईटीस जस्ता रोगहरु फैलिन सक्छ ।
७) गाँउहरुमा हिलो बाटोमा हुकर्म जुकाको लार्भा नाँगो खुट्टाकोे छाला पसेर शरीर भित्र प्रवेश गरे पछि एनिमिया (रत्तअल्पता) रोग सृष्ट हुन सक्छ, त्यसैले जुत्ता लगाएरै हिँडनुस् ।
८) खानेपानी को धारा ट्युबवेल वा इनार मा वर्षातको पानी पुगेपछि कलेरा, पखाला, आउँमासि, रगतममासि, आमाशय जस्ता पेटका रोग हुन सक्छ, यसैले सावधान रहनुस ।
सबैको नङ्गहरु छोटो काटेको हुनु अत्यावश्यक ।