हेटौंडाः बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ईद (ईद उल फित्र) पर्वको शुभकामना दिनुभएको छ । आज शुभकामना सन्देशमार्फत् मुख्यमन्त्री पाण्डेले इस्लाम धर्मावलम्बीहरुको महान् चाड ईद (ईद उल फित्र) पर्वको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धि कामना गर्दै शुभकामना दिनुभएको हो ।

उहाँले विविधतायुक्त नेपाली समाजमा रहेका हरेक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्वका मौलिक चाडपर्वहरु रहेको उल्लेख गर्नुभएको छ । हाम्रा साझा सांस्कृतिक धरोहरका रुपमा रहेका असल संस्कृति तथा परम्पराहरुको संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन प्रर्वधनमा सघाउ पुग्न गई राष्ट्रिय अर्थतन्त्रमा मद्दत पुग्नेमा विश्वस्त रहेको बताउनुभयो । चाडपर्वहरुले हामी बिच नयाँ उमड्ड र उत्साहका साथ एक अर्काको अस्तित्व र उपस्थितिलाई सम्मान व्यक्त गर्दै एक आपसमा एकता तथा बन्धुत्व स्थापित गर्न सफल भएको अनुभूति भएको छ । उहाँले भविष्यमा अझ आपसी सद्भाव मित्रतामा वृद्धिको कामना गर्नुभएको छ ।

संविधानको कार्यान्वयन गर्दै नेपाल भित्रका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा देशलाइ अघि बढाउनु आजको आवश्यकता भएको उहाँले बताउनुभएको छ । यसका लागि बागमती प्रदेश सरकार प्रदेश भित्र मनाइने पर्व तथा संस्कृतिको संरक्षण¸ जगेर्ना र विकास गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

यस्तै, ईद पर्वले हामी बिच आत्मीयता¸ आपसी समझदारी¸ एकता¸ सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवं अमन चयन कायम गर्ने वातावरण निर्माण भइ समृद्ध नेपाल र समुन्नत बागमती प्रदेश निर्माण गर्ने तर्फ उत्प्रेरणा मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।