हेटौंडा ः मकवानपुरको बागमती गाउँपालिका–८, फापरबारीमा डेरी सञ्चालन गर्दै आएका छिमेकी मुलुक भारतको विहार राज्यको मोतिहारीका ५५ वर्षीय शिव बालक चमार एक्कासी लडेर मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेको समयमा गाउँपालिकाको घनसाइ डाँडाको बाटोमा हिँडिरहेका चमार एक्कासी लडेर बेहोस भएका थिए ।
एक्कासी ढलेका चमारलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो । हेटौँडा अस्पताल पु¥याएर दिउँसो ४ बजेर २५ मिनेटको समयमा चिकित्सकले स्वास्थ्यजाँच गर्दा चमारको मृत्यु भएको घोषणा गरिदिएको प्रहरीले जानकारी दिएको छ । चमारको शव हेटौँडा अस्पतालमै रहेको प्रहरीले उल्लेख गरेको छ ।