हेटौँडाः नारायणीअटो ट्रेड लिंक्स प्रा.लीको साधारण साभा सम्पन्न भएको छ । आइतबार हेटौंडा–४ स्थित नारायणी यातायात व्यवसायी संघको सभाहलमा कार्यक्रम आयोजना गरी २२ औं वार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।
संघका अध्यक्ष हिरालाल श्रेष्ठको सभाध्यक्षमा भएको कार्यक्रममा हेटौंडा उपमाहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । साधारण सभाको अवसरमा विभिन्न विधाका ६ जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा सर्वोत्कृष्ट कारोवर गर्ने आशिष पौडेल र राजन रोक्कालाई सम्मान गरिएको थियो भने सर्वाधिक कारोवार गर्ने देवनाथ लामिछानेला, पुर्व प्रवन्धक संचालक रोमप्रसाद खनाल, संघका ाकनुनी सल्लाहाकार वरिष्ठ अधिवक्ता इश्वर राज ढकाललाई सम्मान गरिएको थियो ।
सभालाइ सम्बोधन गर्नु हुदै मेयर लामाले नारायणी यातायातले व्यक्तिगत लाभमात्र नभई नागरिकह्रुलाई लक्षित गरिनुपर्ने बताउनुभयो । नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्नु व्यवसायीको दायित्व रहेको उहाँको भनाई छ । हेटौंडमा शिक्षा र स्वस्थ्यको राम्रो व्यवस्था नहुँदा समस्या भइरहेको उहाँले बताउनुभयो ।
संघले आर्थिक वार्ष २०८०/०८१ मा संघले २९ लाख ३ हजार ३ सय ७९ रुपैया मुनाफ कमाउन सफल भएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । हाल सो संघमा ४९ सदस्य रहेको उहाँले बताउनुभयो ।