पद तथा गोपनियताको सपथ लिँदै संघका पदाधिकारी तथा सदस्यहरु ।

हेटौँडा ः मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । अध्यक्ष प्रमोद सिंह रानाभाटसहित नवनिर्वाचित २८ जना पदाधिकारीहरुले सोमबार सपथ ग्रहण गरेका हुन् ।

गत पुष २४ देखि २७ सम्म हेटौंडामा सम्पन्न ५८ औं अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत ईश्वरराज ढकालले सपथ गराएउनु भएको हो । शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा रानाभाटसहित उपाध्यक्षमा एसोसिएटतर्फ उज्ज्वल चौलागाईं, वाणिज्यतर्फ राजु अधिकारी, उद्योगतर्फ दीपक उप्रेती, र वस्तुगततर्फ काव्यमणि अधिकारी निर्वाचित भएका थिए ।

त्यस्तै सचिव पदमा एसोसिट तर्फका माधव ज्ञवाली, वाणिज्य तर्फका कुलप्रसाद चौलागाईं र उद्योग तर्फका रुपकराज दहाल निर्वाचित भएका थिए । कोषाध्यक्षमा तेजराज अधिकारी निर्वाचित भएका थिए । सदस्यहरुमा निलम कुमारी पाण्डे, अंकिता सुमार्गी, सीता देवि भेटवाल, भुपेन्द्र अधिकारी, नवराज खतिवडा, निलम बजगाई, बिक्रम कुमार सन्जेल, शंकर प्रसाद कालाखेती, सुकुत राज पराजुली, सन्तोष घिमिरे, बालकृष्ण बजगाईं, राजेन्द्र लामिछाने र विष्णुप्रसाद दाहाल जगदीश दहाल, कृष्ण गोपाल महर्जन, र भूपेन्द्र प्रसाद अधिकारी विजयी भएका थिए ।