हेटौँडा ः हेटौँडा–८ स्थित किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा मोतिलाल लामा चयन हुनुभएको छ । शनिबार भएको साधारणसभाबाट मोतिलाल लामाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सहकारीको उपाध्यक्षमा रमेश कुमार पौडेल, सचिवमा कृष्णबहादुर श्रेष्ठ र कोषाध्यक्षमा उमानाथ आचार्य निर्वाचित हुनुभएको छ ।
सदस्यमा कृष्णबहादुर श्रेष्ठ, रामप्रसाद ढकाल, गोपिनी खतिवडा, मीराकुमारी पौडेल, कल्पना बिश्वकर्मा, कुमार बहादुर केसी र धनलक्ष्मी थापा चयन हुनुभएको छ । साधारणसभाबाट लेखा सुपरीवेक्षण समिति संयोजकमा यशोदा उप्रेती, सदस्यमा टिकाप्रसाद कँडेल र गोकर्ण तिवारी निर्वाचित हुनुभएको छ । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथयमा भएको साधारणभामा असल बचतकर्ता, ऋणीलाई सम्मान गरिएको थियो ।
एक हजार एक सय १७ सेयर सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०८०/८१ मा २७ लाख रुपैयाँ बराबरको तोरीको तेल बिक्री गरेको जनाएको छ । सहकारीको सेयर पुँजी एक करोड तीन लाख ६३ हजार रुपैयाँ पुगेको छ । सहकारीले तीन करोड ५६ लाख ९० हजार रुपैयाँ बचत संकलन गरेको छ भने ६ करोड २० लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले राष्ट्रिय सहकारी बैंक र युवा तथा साना व्यवसाय स्वरोजगार कोषबाट ३ करोड ७४ लाख ६३ लाख रुपैयाँ ऋण लिएको छ ।