हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का महिलाहरुलाई २ दिने कानुनी परामर्श तथा सहजिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । मानव अधिकार एकल महिला समुह १६ नम्बर वडाको अध्यक्ष देवकी मगरको सभाध्यक्षतामा १७ र १८ गते सहजिकरण कार्यक्रम भएको थियो ।
कार्यक्रम एकल महिलाहरुलाई आईपर्ने समस्या तथा समस्याको समाधानको उपाय पत्ता लगाउन र महिलाहरुमा हुने घरेलु हिंसाबाट बच्न र कानुनि परामर्श दिन सहजिकरण कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम सञ्चालक तथा सो संस्थाका सचिव सरला बानियाँले जानकारी दिनु भएको छ । जन युद्धमा परेर हरायको व्यक्तिको उद्धार परिवारलाइ सहयोग गन सहजिकरण कार्यक्रम सञ्चालन गरिएके उाहाले बताउनु भयो । २ दिने सहजिकरण कार्यक्रममा ८५ जान महिलाहरुको सहभागि रहेको थियो । कार्यक्रम एकल महिला समुह बागमति प्रदेशका अध्यक्ष्य देवकी पौडेल र अधिवक्ता अपसरा बस्नेतले सहजिकरण दिनु भएको थियो ।