हेटौंडाः स्टेट भिजन प्रालिद्वारा सञ्चालित तु खबर डटकमले आज ५ औ बार्षिक उत्सव मनाएको छ । बागमति प्रदेशका प्रमुख यादब चन्द्र शर्माको प्रमुख आतिथ्यता तथा तु खबर डटकमका सम्पादक गिरीजा अधिकारीको सभाध्यक्षतामा वार्षिक उत्सब कार्यक्रम भएको थियो ।

वार्षिकोत्सवको अवसरमा तु खबरले ६ जना पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान गरेको छ । कार्यक्रममा पत्रकार सोम बिष्टलाई नगद ५ हजार रुपैयाँसहित सम्मानपत्रद्वारा पुरस्कृत गरिएको छ । तु खबर अनलाईन पुरस्कार–२०७८ धादिङ पोष्ट डटकमका सम्पादक नारायण सिलवाल प्रदान गरिएको छ । सिलवाललाई नगद १० हजार १ रुपैँयासहित पुरस्कार प्रदान गरिएको हो । जागरण तु खबर डटकम–२०७८ को पुरस्कार अन्नपुर्ण पोष्टका सम्पादक अखण्ड भण्डारीलाई नगद १५ हजार १ रुपैँयासहित पुरस्कार प्रदान गरिएको छ । र समकालिन पत्रकार पुरस्कार–२०७८ बाट नेपाल समाचार पत्रका रोशन पराजुलीलाई नगद १० हजार १ रुपैयाँसहित पुरस्कार प्रदान गरिएको छ ।

रुप चन्द्र बिष्ट स्मृति पत्रकारिता पुरस्कार–२०७८ बाट राजधानी दैनिकका सम्पादक धुव्र लम्साललाई नगद १२ हजार १ रुपैयाँ सहित पुरस्कृत गरिएको छ । यस्तै, तु रेडियो पत्रकारिता–२०७८ बाट राजन दाहाललाई १० हजार १ रुपैँयासहित सम्मान गरिएको छ । कार्यक्रममा प्रदेश प्रमुख यादब चन्द्र शर्माले देशमा लोकतान्त्रिक गणतन्त्र ल्याउन पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।