फूल्दछ फूल काँडाको बिच तैपनि रमाउँछ
टिप्न है जाँदा फूलेको फूल काँडाले बचाउँछ
रङ्गी र चङ्गी फूलको जस्तै जीवन मान्छेको
ऊ त्यहाँ हेर फूलेको फूल ओइलेर झरेको
सुन्दर फूल मन पराउँछन् काँडालाई छुँदैनन्
फूललाई छोडी कसैले पनि काँडालाई रोज्दैनन्
फूल राम्रो भन्थे काँडा नभएको भए
फूल त त्यसैिी राम्रो भन्थे चाहे थुङ्गा नरहे
काँडाले बचाउँछ सुन्दर फूलको जिन्दगानी
फूल टिपी किन गर्छौ भुल जानी नजानी
काँडा भाकै फूललाई हेर्न मानिस हुन्छन् बगैँचामा भेला
त्यैपनि किन गर्छौ फूल जोगाउन काँडालाई हेला
काँडाले नै त आखिर सुरक्षित गराउँछ फूललाई
त्यैपनि किन गर्छौ हेला फूल सुरक्षित राख्ने काँडालाई