हेटौंडाः नेपाली काँग्रेसको राक्सिराङ गाउँपालिका वडा नम्बर–५ मा अन्य पार्टी परित्याग गरी ४१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

वडा नम्बर ५ का सभापति सुशील कुमार ब्लोनको सभापतित्वमा भएको कार्यक्रममा भौतिक बिकास पुर्बाधार मन्त्री सन्त बहादुर चेपाङ्गको प्रमुख आतिथ्य रहेको थियो । राक्सिराङ गाउँपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने चुरिडाँडामा कार्यक्रम भएको हो । यस्तै, कार्यक्रममा सिताराम प्रजाको सभापतित्वमा टोल इकाई समिती गठन गरिएको छ ।