हेटौंडाः मकवानपुरमा आर्ईतबार २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा १७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ जनामा कोरोना देखिएको छ । यस्तै, ३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
एन्टिजेन विधिबाट परिक्षण गरिएको ३ जनामा नै कोरोना नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । हाल होम आईसोलेसनमा १० जना र संस्थागत आईसोलेसनमा शुन्य उपचारत रहेका छन् । हालसम्म जिल्लामा १ सय ७१ जना संक्रिय संक्रमितको संख्या रहेका छन् ।