सामान्यतया सामाजिक व्यवहार, चेतना, औपचारिक र अनौपचारिक शिक्षा नै ज्ञानका श्रोतहरु हुन । यहि ज्ञानबाट हाम्रो चिन्तन निर्माण र विकास भएको छ । यसंै चिन्तनले हाम्रो समाजलाई नियन्त्रित, निर्देशिन र संचालिन हुने क्रममा समाजका संरचनाहरु निर्माण भएका हुन र यस संरचनाको जग पृत्तिसतात्मक सोचको मजबुद पिलरबाट निर्माण भएको छ । यसैको उपजको रुपमा समाजमा विभिन्न बेतिथीजन्य परिणामहरु बलत्कार, बालविवाह, मानव बेचविखन, घरेलु हिंसा, बाल यौन दुव्यवहार, छुवाछुत जस्ता अपराधिक कु–प्रथा र परम्पराहरु जीवन्त र मौलाउदो अवस्थामा छन । जसमध्ये एक हो लौङगिक हिंसा । परिभाषामा लौङगिक हिंसाः सार्वजनिक वानिजी जीवनमा लिंगको आधारमा कसैप्रति शारीरिक, मानसिक वा यौनजन्य क्षति वा पीडा पुर्‍याउने कार्यलाई जनाउँदछ ।

लैङ्गिंकताको परिभाषाः सामाजिक रुपमा महिला र पुरुषले गर्ने काम, व्यवहार र जिम्मेवारी जसले महिलालाई तल्लो र पुरुषलाई माथिल्लो तह निर्धारण गरिदिएको छ । न्यूयोर्क सिटीमासन् १९०८ मा काम गर्ने महिलालाई राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार सम्बन्धी माग सहितको आन्दोलन, सन १९९७ देखि लौङगिक हिंसा विरुद्धको अभियान शुरु भएको थियो । यो आफैमा एक लडाईको शुरुवात हो । दुई फरक मानसिकताविचको लडाई । पृतिसतात्मक विरुद्ध बराबर हैसियत प्राप्तिको लडाई ।

राजनीतिक परिवर्तनले साँस्कृतिक परिवर्तनलाई संगै लैजान नसक्नुले पनि समाजका बेतिथीहरुले प्रसय पाएको हो । महिलालाई कमजोर, परनिर्भर, घरेलु श्रमिकको रुपमा मात्र हेरिनु र व्यवहार गरिनु महिला मुक्ति विरुद्धको कसिलो साङलो हो । राजनीतिक परिवर्तनबाट महिला सहभागीताको ग्राफलाई बढाउन झिनो प्रयास भएपनि सहभागीता पूर्व महिलालाई सशक्तिकरण, सक्षम र क्षमतावान बनाउन नसक्नुले महिलाको सहभागीता बैज्ञानिक र अर्थपूर्ण बन्न सकेन । जसको परिणाम मर्मा महिलालाई अवसर दिएकै हो तर उनीहरु काम गर्न सक्दैनन ’भन्ने पुरुषत्वहावी सहितका अभिव्यक्ति सुन्ने गरिन्छ ।

शिक्षित, सभ्य र क्षमतावान महिलाहरु पनि पुरुषबाट निर्देशित र परिचालित भैरहेको धेरै परिदृष्य हाम्रा वरिपरि छन । लौङगिक हिंसाबाट जुनसुकै जातजाति समुदाय र वर्ग, क्षेत्र, तह र निकायसम्म वा सर्वहारा वर्गदेखि सामन्ती पूँजीपति वर्गका महिला समेत पीडित हुन बाध्य छन । देशमा पुरुषको भन्दा महिलाको जनसंख्या बढि रहेता पनि उनीहरुलाई प्रगतिशील वा क्रान्तिकारी चेतनामा पछाडि पारिएको छ । महिलाले आफ्नो सम्बन्ध गोजाई राख्न सहनशील हुनु पर्ने त्याग र तपस्यामा उनीहरुको योगदान माथि हुनु पर्ने जस्ता सामाजिक मान्यताको चपेटामा परि हिंसा स्विकार्नु पर्ने अवस्था छ । सहनशीलता र त्याग महिलाका गुण हुन र त्यस्ता गुणहरु पुरुषहरुमा पनि हुनुपर्छ न कि महिलामा मात्र । सामाजिक व्यवहारलाई चलाउने मुख्यतत्व पुरुषत्व सोच/दृष्टिकोण भएकोले यसको परिणामहरु पुरुष सापेक्ष र महिला निरपेक्ष आइरहेको छ । यसलाई चिर्नको लागि सबैको बुझाइमा एकरुपता र कार्यन्वयनमा कटिबद्धता र प्रभावकारिता आबश्यक छ ।

माईती नेपालमा आउने हिंसाको मुद्धाहरु बारे मायाँ लामा यसो भन्नुहुन्छः महिला हिंसाको घटनाहरु दिनहुँ बढदो छ । मादक पदार्थ सेवन गरि श्रीमतीलाई कुटपिट गर्ने, विवाहदर्ता नगरिदिने, अनावश्यकशंकागर्ने, श्रीमानहरु अन्य महिलाहरुसंग लाग्ने, लिभिंग टुगेदर बस्ने महिलाहरुमा हिंसा बढदै गएको केशहरु हाम्रोमा आउने गरेको छ । साथै सामाजिक सञ्जालमार्फत धेरै दुव्र्यवहार र हिंसा पिडित हुन पुगेका महिला, किशोरीहरु बढदो छन र उनीहरु अहिले कानुनी उपचारको लागि जाने क्रम पनि बढेको छ ।

आरती पाठकः मानवअधिकार संरक्षण तथा बेचविखनविरुद्धको मकवानपुर जिल्ला संजाल संयोजक आफ्नो अनुभव जोडनु हुन्छः हिजोको दिनमा महिलाहरुलाई बाहिर निस्किन नदिने, पेटभरी खाना, पढन नपाउने, घर बाहिर काममा जान नपाउने अवस्था थियो र अहिले हिंसाको स्वरुप परिवर्तन भएको छ । तर समाजमा हिंसा विद्यमान नै छ । अहिले शिक्षित र सक्षम महिलाहरु रोजगारीमा जान नपाउने अथवा गएतापनि घरको सबै कामधन्दा सकाउनु पर्दा महिलालाई दोहोरो भार पर्ने गरेको छ । पहिले भौतिक रुपमा हिंसा हुन्थ्यो तर अहिले मानसिक रुपमा बढि हिंसा हुने गरेको पाईन्छ । समाजमा हिंसा घटदो अवस्थामा छैन तर स्वरुप परिवर्तन भएको छ । पहिले गरिब विपन्नमा मात्र हिंसा देखिन्थे भने अहिले आर्थिक रुपले सम्पन महिलाहरु बाहिरबाट खुसी देखिए पनि भित्री रुपमा हिंसा पिडित रहनेहरु धेरै छन ।

किरण थापाः निलो हिरा समाज
लैङ्गीक तथा अल्पसंख्यकको मुद्दा जहिल्यै ओझेलमा पर्ने गरेको छ । राज्य कहिल्यै संवेदनशील भए जस्तो लाग्दैन । हाम्रो समुदाय दिनहूँ हिंसाबाट गुज्रिरहन परेको छ । हामिले भोग्न परेको हिंसाको शुष्म विश्लेषण भएकै छैन । व्यक्ति, परिवार र समाजबाट तिरस्कृत हुन परेको यौनिक तथा लौगिक अल्पसंख्यकको सहभागीको सुनिश्चितता छैन, रोजगारी छैन, पहिचानमा कानुनी जटिलता छ । तर पनि एक दिन परिवर्तन आउँछ भन्ने आशा छ तर परिवर्तनको लागि युग वित्ला भन्ने डर छ ।
माथि उल्लेख गरिएको महिला एवम् यौनिक तथा लैङ्गिक अल्पसंख्यकको क्षेत्रमा कार्यरत अधिकारकर्मीहरुको अनुभव सुनिसकेपछि महिला हिंसामा पुरुषत्व दृष्टिकोण हावि र राज्यको कमजोर नीतिगत व्यवस्था भएको महशुस हुन्छ ।

लेखक तथा फेमिनिस्टसिमोन द बोबुआर आफनो अन्र्तवार्ता छापिएको पुस्तक महिलासँग गुमाउनलाई केहि छैन पुस्तक मार्फत भन्छिनः “सबै क्षेत्रमा महिलालाई सहभागीता गराएता पनि आदेश पुरुषले नै दिने गरेको, महत्वपूर्ण कार्यभार आफैले लिनेर हरेक क्षेत्रमा आफू शक्तिमा बस्नुपर्ने प्रवृति हावि रहेको छ” ।

पुरुषत्वको हावि हुने कुरालाई समाजले पुरुषको नैसर्गिक अधिकारको रुपमा स्विकारेको छ । र यसको दैनिक चर्चा र विज्ञापन प्रत्येक चोक, गल्लि, पार्क, चियापसल, क्याफे, महलआदि सबै ठाँउमा हुने गर्छ । त्यसलाई सुन्नेहरुको मनष्पटलमा पुरुषप्रधानता थाहै नपाई पुस्तान्तरण भइरहेको छ । त्यसैले आजको २१ औँ शताब्दिमा पनि परापूर्वकालदेखि चलिआएको धार्मिक र साँस्कृतिक रुढिवादी सोच, गलत परम्परा, विभेद लगायतको कारण महिला, यौनिक तथा लैङगिक अल्पसंख्यकहरु हिंसामा पर्ने क्रम रोकिएको छैन तर मौलाउदै गईरहेको छ ।