स्वास्थ्यमा नकारात्मक विचारहरु को प्रभावः दुःख, चिन्ता, द्धेष, ईर्षा र घृणा जस्ता भावनाहरु स्पन्दनात्मक आघातजनक तरङ्ग छन् जो समग्र नाडीतन्त्र नरभस सिस्टमलाई असर गर्दछ । उदाहरणको लागि कुनै प्रिय आफन्तको मृत्युको समाचार सुनेपछि उसको आकस्मिक आघातले रक्तदान बढाएर मुटुमा जबरदस्त दबावको सृजना गर्छ । स्नायविक विकार र हृदयघात (मुटु बन्द हुनु) पनि हुन सक्छ । एउटा अध्ययनमा थाहा भएको अनुसार डाक्टरको सेवा लिनेहरुमा आधाभन्दा बढी व्यक्तिहरु वास्तवमा भावनाका असन्तुलनबाट भएका विचलनका बिरामी हुन्छन् । चिन्ता, भय, निराशा, असुरक्षाका नकारात्मक विचारहरु नै जबाबदार छन् । पेटमा घाव, अलसर, हृदयघात, एपेन्डिक्स, मधुमेह, दम, अवसाद, पार्कीन्सन न्युमोनिया जस्ता विभिन्न प्राणघातक रोगहरुका लागि ।
क्यान्सर र भावनाहरुः भनिन्छ, ‘क्यान्सर ह्याज नो आन्सर’, अर्थात क्यान्सर (कर्करोग) को कुनै जबाब छैन । पहिलादेखि नै क्यान्सरलाई मृत्युको अर्को नाम मानिन्छ । जसले बाहिरबाट शरीरलाई आक्रमण गरेर भयानक अवस्थाको सृजना गर्छ । अत्याधुनिक अनुसन्धानबाट के सिध्द भएको छ भने, क्यान्सरका कोशिकाहरु आफैमा त्यति शक्तिवान छैनन् तर कमजोर र अल्मलिएका हुन्छन् । वास्तवमा हरेक व्यक्तिमा आफ्नो जीवनमा एक वा दुई पटक क्यान्सर भएको हुन्छ । स्वस्थ व्यक्तिका रोग प्रतिरोधक शक्तिले यी असामान्य कोशहरुलाई विकासको पूर्वावस्थामै चिनेर नष्ट पारिदिन्छन् । तर जब रोग प्रतिरोध शक्ति कमजोर हुन्छ, ती अन्योलग्रस्त क्यान्सरका सेलहरु अबाध रुपले बृद्धि गर्छन्, अनियन्त्रित बढ्दै जान्छन् । यसरी क्यान्सर बाहिरको आक्रमण न भएर भित्र बाटैको टुक्रिएको वा गलिएको अवस्था हो । बैज्ञानिकहरु भन्दछन्,– अत्यन्त भावनात्मक तनाव बाट नै नकारात्मक रासायनिक परिवर्तनहरु सम्भव हुन्छन् ।
मनोवैज्ञानिक तथ्यहरुः– अमेरिकाका मनोरोग चिकित्सक श्री फ्रीजोफ केपराले कतिपय क्यान्सरका बिरामीहरुको अध्ययन पछि निष्कर्ष निकाल्नु भएको छः यस अनुसन्धानबाट उहाँले ६ देखी १८ महिना अगाडी नै क्यान्सर हुने हुने पूर्वानुमान (भविष्यवाणी) गर्नसक्नु हुन्छ । अध्ययनमा क्यान्सर रोगीहरुको जीवनशैलीको नमुना वा ढाँचा लगभग एकनास भएको पाइएको छ । एक्लोपनाको भाव, हेलचेक्र्याई, युवावस्थामा हताशा, कसैसँगको गहिरो आन्तरिक सम्बन्ध, पूर्ववयस्क उमेरमा कुनै कार्यमा आफ्नो महत्वपूर्ण भूमिका बारे ठूलो सन्तोष, जुन जीवनको केन्द्रबिन्दु बनेको थियो, जागिर वा पेशा हराएको निराशी वा प्रियतमको वियोग/मृत्युबाट भएको सम्बन्ध विच्छेद र हताशा, असहायता इत्यादि क्यान्सरका लक्षण प्रकट हुनुको केही महिना अगाडी घटेको हुन्छ । भित्र भएको भावनात्मक असन्तुलनलाई कतिपय अवस्थामा भित्रै दबेको वा बाहिर व्यक्त गर्न नसकेको अवस्थामा सृजना भएर चोट, डर, रिस र प्रतिकुल परिस्थिती हुन्छ ।
क्यान्सर, हार्मोन र उर्जा स्तरको सम्बन्धः भित्र दबैको नकारात्मक भावहरु निराशा, चिन्ताबाट अंतस्रावी ग्रन्थीरस (हार्मोन) को क्षरणमा असांउलन पैदा गर्छन् जसले असामान्य विकृत कोषहरु बढ्छन्, रोग प्रतिरोध क्षमता कमजोर पार्छ । यसकारण उर्जास्तर कम भएका क्यान्सर कोशिकाहरु संख्यामा बृद्धि हुन्छन् । यसैकारण बिरामीले समग्रमा उर्जाहिन हताश महसुस गर्छ ।