हेटौँडा : हेटौँडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को निर्वाचनमा तीन सय ७४ मत खसेको छ । बिहान ८ बजेबाट ४ बजेसम्म मतदान भएको थियो ।

चार सय ३८ मतदाता मध्ये तीन सय ७४ मत खसेको स्ववियुका कार्यवाहक अध्यक्ष अमृत देवकोटाले जानकारी दिनुभयो । नेविसंघ र अनेरास्ववियुबाट श्यामराज भट्ट तथा अखिल क्रान्तिकारीबाट छात्र शाही अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ । सर्वदलीय बैठक बसेर मंगलबार साँझ साढे ७ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।