स्वर्गीय साहित्यकार डा.गणेशकुमार पौडेल

गन्तव्यमा पुग्ने अनेकौँ बाटो हुन्छ
ईश्वरलाई भेट्ने पनि अनेकौँ मार्ग हुन्छ
धर्म र सम्प्रदायको सिमाबाट अघिबढि
प्रार्थनाको अभ्यास प्रभावशाली हुन्छ ।।

मस्तिष्कलाई पवित्र ध्वानिमा पुर्‍याउँन
अनेकौँ तनावबाट मुक्ति दिलाउँन
मेडिटेसन र ध्यानको अभ्यास गर्नुपर्छ
विज्ञानले पनि यो साधनालाई लाभ मानेको छ ।।

ध्यानको गम्भीर प्रभाव हुन्छ
जसले हाम्रो उचाई बढाएको हुन्छ
हाम्रो चरित्रलाई पूरै रुमान्त्रीत गरेर
हामी भित्र श्रेष्ठ गुण विकसित हुन्छ ।।

ध्यान जटिल अनुशासनमा हुन्छ
जसबाट मस्तिष्क नियन्त्रित हुन्छ
गन्तव्यको अनुशासनमा बाधेर
आफ्नो सामथ्र्यको मार्ग पैल्याउँछ ।।

सम्बन्ध मजबुत गर्नमा भावना चाहिन्छ
त्यस्तै समर्थन र सहारा पनि चाहिन्छ
मानिसको शरीर कहिले पनि आफ्नो हुँदैन
आत्मा शरीर भित्र परेको मात्र हुन्छ ।