हेटौंडाः नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठक शुक्रबार हेटौंडामा बसेको छ । प्रदेशसभाको संसदीय कार्यालयमा भएकोे बैठकले संशोधित विधान पारित गर्ने निर्णय गरेको छ भने संसदीय बोर्ड गठन गरेको छ ।

संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । प्रदेश बोर्डमा एमाले संसदीय दलको नेतामा पौडेल, प्रमुख सचेतक पाण्डे, प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरूणप्रसाद नेपाल, शान्ति थिङ, उर्मिला कर्माचार्य, शशीजंग थापा र सरस्वती बाटी रहेको प्रमुख सचेतक पाण्डेले जानकारी गराउनुभयो । उहाँका अनुसार संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री पौडेलले तीनजना सदस्य मनोनित गर्नुहुनेछ ।

बोर्डमा दलका उपनेता र सचेतक पदेन सदस्य रहने व्यवस्था छ । दलको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयँँल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामालगायत एमाले सांसदहरुको उपस्थिति रहेको थियो ।