१. पगाल्यौ
लज्जावती झारझैँ
घुम्टो ओढेर
नजिक सर्माइ
आयौ तिमी
अङ्गालोमा बेर्न नपाउँदै
आफू पग्ली
पगाल्यौ मलाई ।
२. सत्ताको मोह
सत्ताको लिप्तमा
दैलो ढुकिरहेका
ती……..लाई
अहम्को बर्को
उडाउन सक्छ
हावाले पनि ।
३.पर्खाइमा
जब जनताले
तिमीलाई भेटे
तब खुले
यी आँखाहरु
विकासको प्रतीक्षामा
रुझे केबल दिनहरु
जब जनताले
तिमीलाई चिने
तब खुले ती आँखाहरु
रोज्दै छन्
विकल्पका बाटाहरु ।