हेटौंडा : हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सले एचएसएम फेष्ट सुरु गरेको छ । आइतबारबाट म्यानेजमेन्ट कलेजले एचएसएम फेस्ट कार्यक्रम गरेको हो ।

एचएसएम फेस्ट कार्यक्रम भोलि सोमबारसम्म सञ्चालन हुनेछ । कलेजमा कक्षा ११ देखि स्नातक तहका होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीलाई फेष्टमा सहभागी गराइएको छ । फेष्टमा मम, छोइला, ससेज, चटपटे, पानीपुरी, चिया, कफीलगायत विभिन्न खाद्यान्न परिकारका करिब १० वटा स्टल रहेका छन् ।

एउटा स्टलबाट विद्यार्थीले १२ देखि १६ हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएको विद्यार्थीले बताएका छन् । उनीहरुले सोमबार आइतबारभन्दा बढी आम्दानी हुने अनुमान गरेको बताए । आफ्नो संस्कृतिको प्रतिनिधित्व गर्नुहोस् भन्ने मूख्य नारालाई सार्थक बनाएर सांस्कृतिक विषयवस्तुका खाद्य स्टलहरूको व्यवस्था गरिएको बताइएको छ ।

ब्राण्ड ट्याग गर्नु, आईटी क्विज, कला प्रदर्शनी र फूड स्टल सञ्चालन गर्ने फेष्टको उद्देश्य रहेको उनीहरुले बताएका छन् । म्यानेजमेन्टसँगै हेटौंडा सिटी कलेज, हेटौंडा क्याम्पस, कृषि तथा वनविज्ञान विश्वविद्यालय र शहीद आकाश मेमोरियल कलेजका छ वटा अविश्वसनीय टोलीहरु प्रस्तुत गर्ने प्रतिष्ठित क्षेत्रीय अन्तर–कलेजले व्यवस्थापनको भूमिका निर्वाह गरेको छ ।

कलेजका सहायक प्रिन्सिपल तुलाराम थापाको सभाध्यक्षमा भएको कार्यक्रममा कृषि तथा वनविज्ञान विश्वविद्यालयका सहायक डीन सञ्जय उपाध्याय, हेटौंडा क्याम्पसका सहायक क्याम्पस प्रमुख लीलाप्रसाद ढुंगेल, हेटौंडा सिटी कलेजका प्राचार्य श्रीबहादुर कार्की, दिनेश फुयाँललगायतको आतिथ्य रहेको थियो ।