पण्डित ज्योतिष तोयानाथ सुवेदी


वसन्त ऋतुको आरभ्मका बेलमा मनाइने उत्सवको नामलाई होली पर्व भनिन्छ । होलीमा पर्व विभिन्न ठाउँ अनुसार फरक फरक ढङ्गले मनाइन्छ । यो पर्व हिमाली भेगदेखि दक्षिणमा कन्या कुमारीसम्म र नेपालीहरु जहाँ जहाँ वा आर्य जातिहरु जहाँ जहाँ पुगेका छन् । त्यहाँ त्यहाँ विशेष रुपमा मनाइन्छ । हाम्रो यहाँ प्रचलित भाषामा होलिकोत्सवलाई फागु पनि भनिन्छ । विशेष यो फाल्गुण शुक्ला पूर्णिमाका दिन पर्ने र त्यसै दिन होलिका या चीर दहन गरिने भएकाले त्यस दिन मनाइन्छ । यस दिन गरिने उत्सव ठाउँ अनुसार केही भिन्नता रहेका छन् । बंगालमा आजको दिन कृष्ण प्रतिमाको झुला लगाइन्छ । अन्यन्त्र कतै पुरोहितद्धारा होलिका पूजन गरिन्छ । होलिका वा चीर दहन गरिदा त्यहाँ गहुँ या जौको छ्वाली बालिने अग्निलाई नरिवल चढाउने र परिक्रमा गर्ने चलन देखिन्छ ।

समयगत मान्यताको सम्बन्धमा विचार गर्दा होलिकोत्सव निकै प्राचीन समयदेखि प्रचनलमा आएको कुरा ऐतिहासिक रुपले सिद्ध हुन्छ । मीमांसा दर्शनमा पनि यसको चर्चा छ । काठ गृह्यमा “राकाहोलाके” भन्ने सुत्र छ राकाको अर्थ हुन्छ पूर्ण चन्द्र र पूर्ण चन्द्रलाई नै होलिका देवता मानिएको छ । होलिका भनेको प्रसिद्ध २) क्रीडाहरु मध्येको एक क्रीडा पनि हो । त्यसैले क्रीडाका रुपमा यसलाई खेलिन्छ । वात्स्यायनले आफ्नो कामसुत्रमा होलाका शब्द उल्लेख गरेको पनि पाइन्छ ।

हेमाद्धि कालखण्डमा लिड्ड पुराणको एक पूलोक यस प्रकार रहेको छः–

फाल्गुणे पौर्णमासी च सदा बालविकासिनी ।
ज्ञेया फाल्गुणनिका सा च ज्ञेया लोकविभूतये ।।

त्यस्तै वराह पुराणमा पटवास विलासिन भनेर फागु पूर्णिमालाई संवोधन गरिएको छ । पटवास शब्द अविर चुर्णसँग सम्बन्ध राख्दछ । त्यसैले यस दिन अबिर चुर्ण प्रयोग गरी मनोरञ्जन गरिन्छ । हेमाद्धिकाल खण्ड भविष्योत्तरबाट लिएर बताइएको कथा व्यहोरा यस प्रकार छ । धर्मराज युधिष्ठिर वासुदेव सँगवाकृष्णसँग शंका गर्नुहुन्छ । हे भगवान । यो फाल्गुण पूर्णिमाका दिन गाउँ शहरमा उत्सव किन हुन्छ । यस दिन बालकहरु किन क्रीडारत हुन्छन् ? वस्तीहरुमा होलाका जलाएको देखिन्छ । यो के कारण हो र यस दिन पूजिने देवता को हुनुहुन्छ ? भगवान श्री कृष्ण राजा युधिष्ठिरलाई सम्बोधन गर्दै प्रसंगमा भन्नुहुन्छ यो उत्सवको प्रारभ्म रघुानामका राजाबाट भएको हो । प्रजाणर आई महाराज हामी ढुण्डा नामकी राक्ष्ँसीबाट साहै पीडित भयौं । हाम्रा बालबालिका असुरक्षित भए ।

हाम्रो संरक्षण र निर्भरता प्राप्त गर्नुभयो । भन्दा राजाले पुरोहितसँग सल्लाह गरे पुरोहितले माली नामकी पुत्री ढुण्डा नामकी राक्षसी छ, उसले शिवजीबाट अस्त्रशास्त्र र जाडो गर्मी जस्ता कुराहरुबाट प्रभावित नहुने वरदान पाएकी छे । त्यसैले बालक्रीडम गराएर मात्र ती राक्षस माथि विजयी प्राप्त गर्न सकिन्छ भन बालक्रिडा महोत्सवआयोजना गर्न लगाएर र त्यसैको प्रभावमा परेर त्यो राक्षसी मरी अनि समाजमा निर्भयता कायम रहयो । त्यसैले यो समयमा होलिका उत्सव वा क्रीडा मनाइन्छ । यो पर्वमा विशेष गाली, बेइज्जती गर्ने तथानमा बोल्ने अनि विजय उत्सवका रुपमा मनाउनुपर्ने तडकभडक र देखाशेखी अनि कुकृत्यका रुपमा मनाउने जाउँ, रक्सी आदि खाएर रल्लिने अनि अण्डा लोला कालोमोसो, मबिल, गाँजा, धतुरो आदि जस्ता विकृति भित्राएर समाजलाई अनि संस्कृतीमाथि कुसंकारमा नराम्रा कुराहरु थोपर्ने क्रियाकलापलाहरु बढ्दो मात्रामा हरेका छन् । यी कुराहरुलाई विशेष ध्यान दिई सुसंस्कृतीको जगेर्ना र कुसंस्कृती प्रतिको बिरोध पनि तपाई हाम्रो दायित्व भित्र पर्दछ ।

होलिका राक्ष्ँसी बारे यस पर्वका बारेमा अर्काे प्रचलित कथा रहेको छ ।जुन प्रसिद्धि अनुसार दैत्यराज हिरण्यकशिपुकी बहिनी होलिका थिइृ । जसलाई अग्निमा नडढ्ने वरदान थियो । विष्णुद्धेषी हिरण्यकशिपुले विष्णुभक्त छोरा प्रल्हादलाई मार्न अनेका उपाय गर्दा पनि नसकेपछि अग्निमा जलाएर मार्नै विचार अनुरुप आफ्नो इच्छापूर्तिका लागि बहिनीालई काखमा सहायता माग्यो । तिनै बहिनी होलिकाले प्रल्हादलार्य काखमा लिई ठूलो दाउराको रासमा बसेपछि आगो लगाइयो । बलेको आगोमा होलिका आफैं डढेर मरी तर भक्त प्रल्हादालाई भने केही भएन ।

त्यसै अनुरुप भक्त प्रल्हाद जस्ता भक्त भगवान अनुरागी व्यक्तिका लागि सत्य स्वरुप कर्मलाई दुष्कर्म र असत्य रुपले छुन सक्दैन र नसकोस भनी प्रर्थमा अनरुप विभिन्न समयमा पर्ने पर्वहरुमा वसन्त ऋतुको आगमनसँगै पर्ने पर्वका रुपम यो होली वा फागु पनि पर्दछ । र मनाइन्छ । यहाँ होलिकाको दहन भए जसतै हामीले पनि होलिकाका असत्य रुप काम, क्रोध, लोभ, मोहलाई दहन गरी भक्त प्रल्हाद जस्तो धमृ, अर्थ काम, मोक्ष्ँ, रुप, चतुष्टय प्राप्तिका लागि लड्नु पर्दछ ।

अन्त्यमा जे भए पनि सबै जातजाति धर्म संस्कृती परम्परा आदिमा पनि होलि उत्सव धार्मिक भावको साथै सामाजिकता स्वास्थ्य लाभ र आमोदप्रमोदको सम्बन्ध पनि समान रुपमा गाँसिएको छ भन्दा अत्युक्ति नहोला भन्दै यो लेखलाई विराम दिन्छु । अस्तु