समय र समुद्रमा आएको छाल कसैका लागि रोकिँदैन । संसारमा आएपछि हरेकको एउटा न एउटा भूमिका हुन्छ र त्यस भूमिकाबारे समयावधि पनि निश्चित हुन्छ । हाम्रो जीवन एउटा समयकै चक्र हो । मृत्यु र जन्म समयको एउटा अभिन्न अङ्ग हो । बाल्यकालदेखि बुढेसकालसम्म पनि समयको अर्को अभिन्न अङ्ग हो । जन्म लिएपछि मृत्युको समयलाई कसैले पनि रोक्न सक्दैनन् । समय एउटै किसिमको हुन्छ तर मानिसले त्यसलाई विभिन्न नामहरु दिइएको पाइन्छ । दुःख सुख, राजनीतिक, आदि सन्दर्भमा समयलाई विभिन्न प्रकारले बोलिएको छ । विभिन्न विकृति, कुरीति आदिलाई समयको घेरासँग जोड्न सकिन्छ ।
प्राचीन कालदेखि नै समयको महत्व धेरै छ र अहिले २१ औँ शताब्दीमा पनि मानिसहरुलाई समय सान्दर्भिक र समयानुकूल जाँदा हरेकले सफलता पाएको छर्लङ्गै छ । हामीले जुन पनि काम गरे तापनि समयानुकूल गरेवापत सफल र राम्रो फल पाउन सक्छौँ । दुःख, सुख, आदि हरेकको जीवनमा समयले धानेको छ । कोरोना पनि समयकै चक्रको परिणाम हो । हामीले गरेको फेहोर प्रदूषण हुने क्रियाकलापलाई समयमै व्यवस्थित नगर्दा यसले हामीलाई यस्तो अवस्था भोग्नु परेको हो । त्यसैगरी विद्यार्थी जीवनमा पनि समयको ठूलो भूमिका हो । त्यस्तै विद्यार्थीहरुले समयको सदुपयोग गरेकाले जीवनमा सफल र ठूलो व्यक्तित्व बनेको कुरा जगजाहेर नै छ । यसैमा जुन विद्यार्थीले समयलाई खेर र जथाभावी कार्यमा संलग्न भएको कारण विभिन्न रोग तथा जेल पनि जान परेको छ । दिनभरी घाममा काम गर्न परेको छ । सँगसँगै राजनीतिमा पनि समयले ठूलो भूमिका खेलेको पाइन्छ । जस्तै–सरकार चलाइरहेको पार्टीले जनतासँग गरे वाचा अनुकूल काम नगरेको पाएको कारणले अर्को चुनावमा सरकारको पदबाट विमुख हुन पनि परेको छ । राजनीतिकमा विपक्षी दलले समयमा षड्यन्त्र गरेको कारण सरकार पनि ढलेको उदारहरण टड्कारो छ । अहिलेको वर्तमान सन्दर्भमा स्लोन मस्क विश्वकै धनी व्यक्तिको नामले चिनिन्छ । समयानुकूल र समय सन्दर्भमा काम गरेका कारण लाखौँ बेरोजगारलाई रोजगार प्रदान गरेको छ ।
कुनै बेला दुःख हुन्छ भने सुख पनि पाइन्छ । दुःख पाएमा सुख खोज्दै हिँड्नुपर्दैन । दुःखको अवस्थालाई सुखमा परिवर्तन गरी अगाडि बढ्नुपर्छ । निरन्तर र प्रवाहशील मिहिनेतले व्यक्तिलाई सफल बाटोमा लाग्न कसैले पनि रोक्न सक्दैनन् एवम् समयले पनि । त्यसैगरी समाजमा रहेको कुरीति, विकृति र संस्कृतिमा रहेको कुप्रथा आदि पनि समयकै परिणाम हो । अशिक्षित वर्गका व्यक्तिले चलाउँदै आउका कुरीतिले गर्दा समाजमा कतिपय व्यक्तिलाई अपहेलित हुन पुगेको छ । संस्कृतिमा रहेको कुप्रथा, कुरीति आदिले समाजलाई अगाडि बढ्नमा असर पु¥याएको छ । त्यसैले शिक्षा दीक्षा पाएका वर्गहरुले कुरीति, कुप्रथाहरुलाई अन्त्य गर्न चेतना फैलाई अन्त्य गर्नुपर्छ । सदियौँ देखि चलिआएको कुप्रथा, कुरीतिहरुलाई अन्त्य गर्न समय लाग्न सक्छ तर जसरी पनि समाजलाई अगाडि बढाउन समस्याहरुलाई अन्त्य गर्नैपर्छ ।
जीवन समयको अभिन्न अङ्ग हो । समय सान्दर्भिक गएमा जीवनमा असफल भन्ने शब्द सुन्नु पर्दैन । समय र असफल एक अर्कामा उल्टो हो । असफल भएमा समयको दुरुपयोग हो र सफल भनेको समयको सदुपयोग गर्नु हो । अनुशासन र समय एक अर्कामा सम्बन्धित छ । अनुशासन र समय एउटा साइकलको दुईटा पाङ्ग्रा जस्तै हुन् ।