वडाअध्यक्ष दीपक खड्कासहित नवनिर्वाचित समितिका पदाधिकारीहरु ।

हेटौंडाः हेटौंडा–१४, मयूरधापस्थित जनज्योति माविको ३४ औं अभिभावक भेला सम्पन्न भएको छ । आइतबार हेटौंडा उपमहानगरपालिकाको १४ नम्बर वडा अध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यमा भेला भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत सरस्वती कोइरालाको आतिथ्य थियो ।

अभिभावक भेलाले रामचन्द्र ढुंगानाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति चयन गरेको छ । समितिको सदस्यहरुमा केदार थिङ, सोवी लामा, पविता भण्डारी, कञ्चनमाया घलान र राजु चौलागाईं चयन भएको विद्यालयका प्रधानाध्यापक भोगेन्द्र लुईंटेलले जानकारी दिनुभयो । ९ सदस्यीय विद्यालय व्यवस्थापन समितिमा वडा अध्यक्ष, प्रधानाध्यापक र एक जना शिक्षक प्रतिनिधि पदेन सदस्य रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष ढुंगानाले विद्यालयको शैक्षिक तथा भौतिक पक्षको विकास र उन्नति गर्न सबैको सहयोग लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भेलामा वडा अध्यक्ष दीपक खड्काले विद्यालयलाई नमुनाको रुपमा विकास गरिने बताउनुभयो । अभिभावक भेलामा प्रधानाध्यापक लुईंटेलले विद्यालयको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।