हेटौँडा : एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौँडाले भोलि शनिबार शैक्षिक मेला ‘एक्सपर्ट एडु फेयर’ आयोजना गर्दै छ । हेटौँडा–४, पारिजातपथस्थित एक्सपर्टको कार्यालयमा हुने उक्त मेलामा अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका र न्युजिल्याण्डका ३० भन्दा बढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् ।

मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ । विश्वविद्यालय तथा कलेजबाट प्रतिनिधि नै उपस्थित हुने भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन सक्ने एक्सपर्टका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । स्नातक, स्नात्तकोत्तर तह तथा अनुसन्धानका विभिन्न क्षेत्रमा सहभागी हुन चाहने विद्यार्थीका लागि मेला फलदायी हुने उहाँले बताउनुभयो ।

‘उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी अन्यौलमा पर्नुभएको छ भने यो मेला निकै फलदायी हुनेछ, विद्यार्थी तथा अभिभावक प्रत्यक्ष रुपमा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटेर जानकारी लिन सक्नुहुनेछ’, अधिकारी भन्नुभयो । एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात विश्वविद्यालय तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गर्ने गरेको छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।