वृद्धाश्रमलाई खाद्यान्न हस्तान्तरण गरिँदै ।

हेटौंडाः नेपाल दुरसञ्चार कम्पनिको १७ औं वार्षिकोत्सवको अवसरमा बुधबार नेपाल दुरसञ्चार कार्यालय हेटौंडाका कर्मचारीले वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । नेपाल दुरसञ्चार कम्पनिको बिहीबार १७ औं वार्षिकोत्सव हो ।

सरकारी स्वामित्वको दुरसञ्चार कम्पनिको हेटौंडा शाखाले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई सहयोग गर्ने क्रममा बुधबार करिब १० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री हेटौंडा–२ स्थित ओम वृद्धाश्रमलाई सहयोग गरेको हो । नेपाल दुरसञ्चार कम्पनिको हेटौंडास्थित कार्यालयका प्रमुख हंशराज विजयानन्दसहितको कर्मचारी टोलीले चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न सामग्री वृद्धाश्रमलाई हस्तान्तरण गरेको हो ।