हेटौंडाः चिसो बढेसँगै मकवानपुर जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई स्वेटर वितरण हुन थालेको छ । जाडोमा न्यानो होस् भन्ने उद्देश्यका साथ मकवानपुरगढी–६ का ईश्वरी प्रावि र बालज्योति प्राविमा अध्ययनरत ७० जना गरिब तथा विपन्न विद्यार्थीहरुलाई सोमबार स्वेटर वितरण गरिएको छ ।
मकवानपुरगढी–६, डुम्रेकुनास्थित सनराइज युथ क्लबको आयोजना र जालपादेवी मावि डुम्रेकुनाका पूर्वविद्यार्थीहरुको सहयोगमा स्वेटर वितरण गरिएको कार्यक्रम संयोजक अशोक स्याङ्तानले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद हुमागाईंको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष टीकाप्रसाद दहालको प्रमुख आतिथ्य थियो ।