सत्यनारायण सिलवाल, कोषाध्यक्ष अखण्ड हरिकीर्तन मन्दिर हेटौंडा–१०, सीमाचोक

श्रीराम, हरेरामको भजनकीर्तन र अखण्ड दीपको ३९ औं वर्ष पूरा भई आजबाट ४० औं वर्ष पूरा गर्दैछ । हिन्दु धर्मशास्त्रअनुसार हरेराम, हरेकृष्णको सङ्किर्त सुरु गरेको ४० औं वर्ष प्रवेश गर्दै गर्दा उत्तरआधुनिक समाजमा यो कर्मको महत्व सावित नहुन पनि सक्दछ । तर, प्राचिन पूर्वीय समाजमा धर्मशास्त्रको छुट्टै महत्व छ । हिन्दु धर्म मात्रै नभएर एउटा विज्ञानकै रुपमा पनि यसका अवधारणाहरु स्थापित छन् । आज त्यही हिन्दुधर्मको एउटा पाटो हेटौंडा–१०, सीमाचोकस्थित अखण्ड हरिकीर्तन मन्दिरको वार्षिकोत्सवको अवसरमा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष सत्यनारायण सिलवालसँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः

समाजः अखण्ड हरिकीर्तन मन्दिर ३९ वर्ष पूरा भएर ४० वर्षमा प्रवेश गर्दैछ । स्थापना दिवस पनि मनाउँदै हुनुहुन्छ अखण्ड हरिकीर्तन मन्दिर स्थापनाको सन्दर्भ कस्तो थियो ?

सिलवालः अखण्डको संकीर्तनको जन्म १९८६ साल मंसिर २६ गते काठमाडौंको न्यूरोड पकोमा गुरु कविप्रसाद गौतमभले १९८६ सालमा गर्नुभएको हो । त्यसको फलस्वरुप नेपाल अधिराज्यभरी घुम्दै जाँदाखेरी हेटौंडा २०२३ सालमा पूजीय कविप्रसाद गौतम आएर हेटौंडा नगरीको बीच भागमा त्यस बेला ओमबहादुर कटुवाल ज्यूको घरमा पुगेर उहाँहरुसँग भेटघाट गरेर हेटौंडा पनि हेटौंडा नगरी विकासका लागि धार्मिक उत्थानका लागि सनातन धर्म रक्षाका लागि हरिनाम संकीर्तन स्थापना गर्नुपर्छ भन्ने बित्तिकै त्यो बेला पनि अध्यक्ष्ँ ओमबहादुर कटुवालज्यूलाई भाई स्वर्गीय गोविन्द बहादुर कटुवालको पीडा थियो । त्यो पीडामा नै बस्दाखेरी उहाँले गुरुलाई केही जमिन दिनु भयो । अखण्ड हरिनाम संकीर्तन म दिन्छु भनेर उहाँले वचन दिए अनुसार २०२३ सालमा अखण्ड हरिनाम संकीर्तन जुन स्थानमा चलिरहेको छ, २०३८ सालदेखिको त्यही स्थापना भएको विभिन्न कारण बस त्यसलाई निरन्तरता दिन सकिएन । २०२३ सालपछि पुनः २०३८ साल श्रावण पुत्रदाको एकादशीको दिनमा पूजनीय कविप्रसाद गुरुको धर्मपत्नी बृन्दावनबाट काठमाडौं फर्किने क्रममा हेटौंडामा बास बस्नु भयो । कविप्रसाद गौतमको २०३८ श्रावण शुक्लपक्ष्ँको दिन पुत्रदा एकादशीको दिन देहान्त भयो । उहाँको दाहसंस्कार हेटौंडामा गरियो र त्यो पश्चात त्यही दिनदेखि हरिसंकीर्तन सुरु भएको आज सम्पूर्ण नगरवासी सम्पूर्ण देशवासी शुभश्राद अनुरुप चाही ३९ वर्ष पूरा भएर ४० वर्षमा प्रवेश गर्दैछ ।

समाजः अखण्ड हरिकीर्तनले नियमित रुपमा मूख्यगरी पीतृकर्मलाई प्राथमिकता दिएको देखिन्छ । यसको आवश्यकता किन महशुस गर्नुभयो ?

सिलवालः गुरु वर्गले पहिला अनाथ, अपाङग, अशक्त र खासगरी दुर्घटनामा बितेका व्यक्तित्वहरुको नाम जसको केही छैन गर्ने त्यसलाई गुरुहरुले त्यति बेला २०३८ सालमा १०० रुपैयाँमा एउटा तिथिका लागि राखी दिएपछि आजीवन त्यसको व्याजबाट अखण्ड हरिनाम संकीर्तन हुन्छ भन्ने त्यती बेला सञ्चालन गरेर आउनु भएको थियो । पछिल्लो समय आएर त्यसको छोराहरु अहिले देश विदेशमा बस्नु हुन्छ । घरमा श्राद्ध कार्य गर्न समस्या पर्छ । घरमा हाम्रो हिन्दु परम्परा अनुसार केही मरण हुँदाखेरि अहिले घरमा ४ दिन नचोखिँदा जुन रोकिने क्रम छ । त्यो अखण्ड हरिनाम संकीर्तन तीर्थ श्राद्ध बनेर चाहि त्यो सधैंभरी गर्ने काम भईरहेको छ ।

समाजः यसरी श्राद्ध कार्य गर्नका लागि भनेर त्यहाँ दान गर्ने आफ्नो पीतृहरुको सूची उपलब्ध गराउने कतिको संख्यामा छन् ?

सिलवालः दैनिक हामीले कम्तीमा ८ आठ वटा प्रत्येक हवन श्राद्ध गरेर, जन्मोत्सव पूजा गर्ने गरेका छौं । यसरी हामी वर्षमा लगभग २ हजार मानिसको जन्मोत्सव र पीतृ कार्य गरिरहेका छौं । त्यसको सम्पूर्ण अक्ष्यकोषको व्यक्तिले मान्नु आज जुन तिथि हुन्छ । श्रावन पुत्र श्राद्ध दिन श्राद्ध र हवन हुन्छ । त्यो व्यक्तिले नै अखण्डको विधान अनुसार अखण्ड हरिनाम कीर्तन २४ अ‍ै घण्टा सञ्चालन गरेको खर्च व्यहोरेको हाम्रो बुझाइ छ । त्यसैको पैसाबाट चाही त्यो व्यक्ति जुन १० जना अन्धा, अपाङ्ग, अशक्तहरु पण्डित ज्यूहरु अखण्डमै केही थोरै भएपनि उहाँलाई दिएर पारिश्रमिक दिएर सिदाको व्यवस्था गरेका छौं ।

समाजः यो खालको अभ्यासले धार्मिक परम्परा अनुसार अथवा धार्मिक विधि अनुसार पीतृकर्म पूर्ण रुपमा सञ्चालन हुन्छ । एकैदिन ८ वटा १० वटासम्म ?

सिलवालः जति वटा पीतृहरु हुनहुन्छ । मानौं मैले आफ्नो पिता जीको अर्पण गरेको छु भने मेरो पिताजीको छुट्टै त्यहाँ पिण्ड बनाउने चलन छ । प्रत्येक दिन गाईको दूध, चामल राखेर चिनी राखेर बनाएर प्रत्येक व्यक्तिको छुट्टै श्राद्ध पिण्ड बनाएर विष्णुपादी गर्ने चलन छ । जुन हामीले घरमा गर्दाखेरी आफ्नो पीतृको एउटा दुईटा गर्छु । त्यस्तै त्यहाँ राख्ने व्यक्तिको नाम र इच्छित व्यक्तिको नाम दिने रामबहादुर लिने श्याम बहादुर त्यस्तै नाम राखेर उच्चारण गरेर त्यो श्राद्धमा विष्णुपादी काम पिण्ड चढाउने काम प्रत्येक व्यक्तिको छुट्टै चढाउने चलन छ र हवनमा पनि जसको हवन आज जन्म उत्सव हो त्यसको नाम उच्चारण गरेर नरिवल, घ्यूको धार दिएर, चरु चढाएर बल्ल उहाँको कल्याणको कमना शुभकमना दिने चलन छ ।

समाजः अहिलेको यो आधुनिक समय भनिएको बेलामा परम्परागत धार्मिक प्रचलनमा सर्वसाधारणको चासो, उहाँहरुको सहभागिता कति पाउनु भएको छ ?

सिलवालः हाम्रो अखण्ड नाम हरिकीर्तनको नसुनेको व्यक्ति सायद मकवानपुरमा होइन नेपाल अधिराज्यमा कोही छैनन् होला । मान्छे आफ्नो समस्या शेयर गर्दै घरमा मान्छेलाई गर्न समस्या छ । सबैकुरा जुटाउनु पर्छ इष्टमित्रहरुलाई बोलाउनु पर्ने हुन्छ । खानपिनको व्यवस्था गर्नुपर्छ । तर मन्दिरमा कोष राखी दिनुभयो चाहि सधैभरि अखण्ड हरिकीर्तनले एकचोटी होइन एकचोटी राखेको व्यक्तित्वको आजीवन त्यो तिथीमा हाम्रो गुरुहरुको पुजनीय कविप्रसाद गुरुको भनाई अनुसार पुस्तकमा देखे अनुसार हामीले अध्ययन ग¥यौं । जबसम्म यो सूर्य, धर्ति रहन्छ, जबसम्म आकाश बागमतीमा पानी बगी रहन्छ । तब अखण्ड हरिकीर्तन चलिरहन्छ । त्यसैको फलस्वरुप आज ९२ वर्ष देखिको आफुले परिकल्पना गर्न सकिन्छ ।

समाजः व्यक्तिको सहभागिता के हुन्छ ? कसैले पीतृको नाममा श्राद्ध गराउनका लागि वा आफ्नो जन्मोत्सवका लागि हो भने सो व्यक्ति आफैं सहभागी हुनुपर्ने नपर्ने के हुन्छ ?

सिलवालः यदि आफ्नो पीतृको श्राद्ध छ भने ती व्यक्ति उपस्थित भएर आफ्नो हातले ती श्राद्धको पिण्ड उठाएर उहाँ विष्णुपादीमा चढाउनु हुन्छ र पण्डितले टिका लगाउनु काम मात्र गर्न हुन्छ भने त्यो साह्रै राम्रो । उहाँ नहुनु भए पनि उहाँले अर्पण गर्नुभएको कोषका आधारमा हामीले त्यो कर्म गरिहाल्छौं । त्यो गर्ने हाम्रो दायित्व हो । उहाँले आएर आफ्नो खुसी साथ दुईटा फलफुल अन्धा, अपाङग, अशक्त जनु भजनमा आश्रित छ त्यसलाई खुवाई दिनुपर्छ । पण्डितले टीका लगाएर ५ रुपियाँ दक्षिण दिन्छ । मेरो जन्म दिन आज आएर उपस्थित भएको छु । आफ्नो हवन गर्नुहुन्छ । एउटा चकलेट सबैलाई दिनुहुन्छ कामलाई त्यो त झन उत्तम कुरो हुन्छ ।