लघुकथाकार किशन पौडेललाई सम्मान गरिँदै ।

हेटौँडा : लघुकथा समाज नेपालले कथाकार मकवानपुरका लघुकथाकार किशन पौडेललाई सम्मान गरेको छ । समाजले मकवानपुरका पौडेलसँगै कथाकार ध्रुव सापकोटालाई पनि सम्मान गरेको छ ।

मकवानपुरका लघुकथाकार किशन पौडेललाई बाटुली–खिलध्वज लघुकथा सम्मान र कथाकार सापकोटालाई सावित्री–केशर कथा सम्मानबाट सम्मानित गरिएको हो । पौडेल र सापकोटालाई जनही एक्काइस हजार एक रुपैयाँ नगद राशी र सम्मानपत्र सहित शनिबार काठमाडौंमा सम्मान गरिएको हो ।

लघुकथा समाज नेपालका अध्यक्ष गोपाल अश्कको अध्यक्षता तथा अग्रज साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको बारेमा श्रीबाबु कार्कीले संक्षिप्तमा परिचय गराउनु भएको थियो ।