गुगल तस्वीर ।

हेटौंडाः जुवा खेलिरहेको अवस्थामा मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरपालिकाबाट १० जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । गत शनिबार थाहा नगरपालिका–३, डाँडागाउँस्थित सुमन बिष्टले संचालन गरेको खाजा पसलमा पैसाको हारजीत हुनेगरी तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले जुवा खेल्नेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार जानकारी दिएको छ ।

प्रहरीले थाहा–३ का ४१ वर्षीय महेश खत्री, ३२ वर्षीय राजन रायमाझी, ३६ वर्षीय हिरेन्द्र कुमार रायमाझी, ३१ वर्षीय सुमन बिष्ट, थाहा–४ का ४२ वर्षीय कृष्णराम कार्की, ३८ वर्षीय रामकुमार खत्री, २२ वर्षीय अनिल कार्की, ३२ वर्षीय अमर कुमार तामाङ, थाहा–१ का ३४ वर्षीय रामभक्त श्रेष्ठ र २४ वर्षीय श्यामकृष्ण प्रधान रहेका छन् । उनीहरुको साथबाट प्रहरीले १८ हजार ७ सय ६६ रुपैयाँ, ५ सय ८० भारतीय रुपैयाँ र तीनबुक तास नियन्त्रणमा लिएको जनाएको छ ।