हेटौंडाः नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको नाममा मकवानपुरमा पुष्पलाल मित्रता केन्द्र गठन भएको छ । सोमबार एक भेलाले मदनकुमार दाहालको अध्यक्षतामा मित्रता केन्द्र गठन भएको हो । मित्रता केन्द्रको उपाध्यक्षमा तेजप्रसाद रुपाखेती र सिर्जना थिङ, सचिवमा कमानसिंह पाख्रिन, सहसचिवमा ईश्वर ढुंगाना र कोषाध्यक्षमा प्रकाश पाण्डे चयन हुनुभएको छ ।
संघीय सांसद विरोध खतिवडा, नेकपा मकवानपुरकी अध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल, नेकपा मकवानपुरका सचिव एवम् प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीलगायतका नेकपाका नेता, कार्यकर्ताको उपस्थितिमा भएको भेलाले मित्रता केन्द्र गठन गरेको हो ।