हेटौंडा उपमहानगरपालिका कार्यालय ।

हेटौंडाः आर्थिक वर्ष २०७७/२०७८ मा हेटौंडा उपमहाानगरपालिकाको ८२ वटा शैक्षिक क्षेत्रको कार्यक्रममध्ये १८ वटा कार्यक्रममा मात्र शत प्रतिशत बजेट खर्च भएको छ । उक्त आर्थिक वर्षमा शिक्षा क्षेत्रका १९ वटा कार्यक्रममा बजेटमात्र विनियोजन गरिएका छन् भने ९ वटा कार्यक्रममा बजेट नै विनियोजन गरिएको छैन ।

हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले आर्थिक वर्ष २०७७/२०७८ को शैक्षिक प्रगति विवरण २०७९ को असार मसान्तमा सार्वजनिक गर्दा यस्तो पाइएको हो । शिक्षा समितिको बैठक सञ्चालनका लागि २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गर्दा ४५ दशमलब २२ प्रतिशतात्र खर्च गरिएको छ । उक्त कार्यक्रममा एक लाख ३६ हजार ९ सय ४० रुपैयाँ खर्च नभएर बजेट फ्रिज भएको थियो ।

शिक्षक दरबन्दी मिलान कार्यका लागि बैठक सञ्चालन गर्न एक लाख रुपैयाँ बजेट विनियोजन गर्दा ९० दशमलब ९१ प्रतिशत खर्च भएको थियो । उक्त कार्यक्रममा विनियोजित बजेटमध्ये ९ हजार ९५ रुपैयाँ खर्च नभएको प्रगति विवरणमा उल्लेख छ । विद्यालयका प्रधानाध्यापकको बैठक सञ्चालन खर्चका लागि २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गर्दा १९ दशमलब ६८ प्रतिशतमात्र खर्च भएको छ भने मौज्दात रकम २ लाख ७ सय ९० रुपैयाँ छ ।

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुसँग अन्तरक्रिया सञ्चालनका लागि एक लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गर्दा ४५ दशमलब २ प्रतिशत खर्च भएका छन् भने मौज्दात रकम ८२ हजार २ सय रुपैयाँ बाँकी छन् ।

विविध कार्यक्रम खर्चका लागि एक लाख ५० हजार रुपैयाँ बजेट विनियोजन हुँदा ९७ दशमलब १३ प्रतिशत खर्च भएको छ । जसमा मौज्दात रकम ४ हजार ३ सय ४ रुपैयाँ बाँकी रहेका छन् ।

सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई तथ्यांकसम्बन्धी तालिमका लागि २ लाख रुपैयाँ बजेट विनियोजन हुँदा ३ दशमलब ६८ प्रतिशतमात्र खर्च भएका छन् भने जसको मौज्दात रकम एक लाख ९२ हजार ६ सय ४० रुपैयाँ बाँकी छन् । कक्षा ६ देखि ८ सम्म सञ्चालित विद्यालयहरुलाई कम्प्युटर र इन्टरनेटका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो शीर्षकमा विनियोजित बजेटको ९७ दशमलब ७३ प्रतिशत खर्च भएको छ । यस्तै मौज्दात रकम ९ हजार एक सय रुपैयाँ बाँकी छ । यसैगरी शैक्षिक संस्था सहायता थप कार्यक्रम खर्चका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै ३३ दशमलब ९३ प्रतिशत खर्च गरिएको छ भने मौज्दात रकम ३३ लाख ३ हजार ४ सय ९४ रुपैयाँ छ । दरबन्दी मिलान कार्य बैठक सञ्चालनका लागि एक लाख रुपैयाँ बजेट विनियोजन हुँदा ३६ प्रतिशत खर्च भएको छ भने मौज्दात रकम ६४ हजार रुपैयाँ बाँकी छ ।

समता स्कूल व्यवस्थापन सहयोगका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन गर्दा ४० प्रतिशत खर्च भएका छन् भने मौज्दात रकम ४ लाख २० हजार रुपैयाँ बाँकी छन् । अनुगमन तथा भ्रमण खर्चका लागि एक ५० हजार रुपैयाँ बजेट विनियोजन गर्दा ६२ दशमलब १३ प्रतिशत खर्च भएका छन् । जसमा मौज्दात रकम ५६ हजार ८ सय रुपैयाँ छ ।

विकट क्षेत्रमा सञ्चालित विद्यालयका छात्रछात्राको लागि पोशाक र सामग्री वितरणका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन हुँदा ६ दशमलब ५४ प्रतिशत खर्च भएका छन् भने मौज्दात रकम ३ लाख ७३ हजार ८ सय ३५ रुपैयाँ बाँकी छन् । नगर शिक्षा नीति तथा योजना निर्माण कार्यविधि निर्देशिकासमेतका लागि २ लाख रुपैयाँ बजेट विनियोजन हुँदा ८ प्रतिशतमात्र खर्च भएका छन् । यस्तै मौज्दात रकम एक लाख ८४ हजार रुपैयाँ बाँकी रहेको थियो ।

स्थानीय पाठ्यक्रम निर्माणका लागि २ लाख रुपैयाँ बजेट विनियोजन हुँदा ८७ दशमलब ०६ प्रतिशत खर्च भएको छ । जसमा २५ हजार ८ सय ८० रुपैयाँ रकम बाँकी छ । शैक्षिक सहायता नगरस्तरीयका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गर्दा २५ दशमलब ४८ प्रतिशत खर्च भएको छ भने १४ लाख ९ हजार ३ सय ९६ रुपैयाँ मौज्दात रहेको छ । दुर्गम क्षेत्रमा सञ्चालित विद्यालयका शिक्षकहरुका लागि प्रोत्साहन तथा भत्ता वितरणका लागि ५ लाख ४ हजार रुपैयाँ बजेट विनियोजन हुँदा ९८ दशमलब ८१ प्रतिशत खर्च भएको छ भने मौज्दात रकम ६ हजार रुपैयाँ बाँकी रहेको छ ।विद्यालयहरुमा युरोगार्ड जडानका लागि ७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजना गर्दा ९४ दशमलब ६७ प्रतिशत खर्च भएको छ । यस्तै, मौज्दात रकम ४० हजार रुपैयाँ रहेको छ ।

बालज्योति माविका लागि सीसी क्यामेरा खरिद गर्न २ लाख रुपैयाँ बजेट विनियोजन हुँदा ९९ दशमलब ६ प्रतिशत खर्च भएको छ । वैकल्पिक शिक्षण सिकाई कार्यक्रमका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन हुँदा ९९ दशमलब ६ प्रतिशत खर्च भएका छन् । मौज्दात रकम २ हजार ७ सय ७१ रुपैयाँ बाँकी छ । बाल प्रतिभा पहिचान कार्यक्रमका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन हुँदा ९३ दशमलब ३३ प्रतिशत खर्च भएका छन् । यस्तै, मौज्दात रकम २० हजार रुपैयाँ छ ।

बाराही आधारभूत विद्यालयको वाल निर्माणका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन हुँदा ९८ दशमलब ५६ प्रतिशत खर्च भएको छ भने ५ हजार ७ सय ५७ रुपैयाँ बाँकी छ । महेन्द्र किरण माविलाई घरभाडा अनुदानका लागि ५ लाख रुपैयाँ बजेट विनियोजना हुँदा ९६ दशमलब ६७ प्रतिशत खर्च भएको छ । जसमा मौज्दात रकम १६ हजार ६ सय ६६ रुपैयाँ छ । श्रमिक मावि खानेपानी सुधारका लागि २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन हुँदा ५६ दशमलब ८ प्रतिशत खर्च भएको छ भने १ लाख ८ हजार रुपैयाँ रकम खर्च हुन सकेको छैन ।

त्रिभुवन मावि शैक्षिक पूर्वाधार तथा स्तरोनत्तिका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन हुँदा ९७ दशमलब ०५ प्रतिशत खर्च भएको छ । मौज्दात रकम ८ हजार ८ सय ४१ रुपैयाँ रहेको छ । शैक्षिक संस्था अनुदानका लागि २ लाख रुपैयाँ बजेट हुँदा ९४ दशमलब ४ प्रतिशत खर्च भएको छ भने मौज्दात रकम १२ हजार २ सय ४ रुपैयाँ बाँकी रहेको छ । युगचेतना आधारभूत विद्यालयको कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई जुत्ता वितरण कार्यक्रमका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गर्दा ९९ दशमलब ९८ प्रतिशत खर्च भएको छ । चन्द्रोदय आधारभूत विद्यालयको भौतिक पूर्वाधार निर्माण कार्य महेन्द्र मावि भौतिक पूर्वाधार निर्माण कार्यका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन हुँदा ९३ दशमलब ८१ प्रतिशत खर्च भएका छन् भने मौज्दात रकम ४३ हजार ३ सय ६० रुपैयाँ छ ।

यस्तै, कालिका आधारभूत विद्यालयको भौतिक पूर्वाधार निर्माण कार्यका लागि २ लाख रुपैयाँ बजेट विनियोजन हुँदा ९९ दशमलब ३६ प्रतिशत खर्च भएको छ भने मौज्दात रकम एक हजार ४ सय ७२ रुपैयाँ छन् । ज्ञानज्योति आधारभूत विद्यालयमा कम्पाउण्ड वाल निर्माणका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन हुँदा ९९ दशमलब ३२ प्रतिशत खर्च भएको छ । उक्त शीर्षकमा मौज्दात रकम २ हजार २६ रुपैयाँ छ । जनजागृति माविमा प्राविधिक शिक्षा कार्यक्रमका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गर्दा ९५ दशमलब ७२ प्रतिशत खर्च भएको छ । जसमा मौज्दात रकम १७ हजार एक सय ७ रुपैयाँ छ । शैक्षिक पूर्वाधार निर्माण कार्यका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गर्दा ८९ दशमलब ३१ प्रतिशत खर्च भएको छ भने ६४ हजार एक सय ६५ रुपैयाँ मौज्दात छ ।

भृकुटी मावि हेटौंडा–१४ लाई शैक्षिक अनुदानका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन हुँदा १०० प्रतिशत खर्च भएको छ । स्थानीय पाठ्यक्रम निर्माणका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गर्दा १०० प्रतिशत खर्च भएको छ । नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको विषयगत तालिम सञ्चालनका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गर्दा सोही कार्यक्रममा १०० प्रतिशत खर्च भएको छ । कक्षा ८ र तलब निकासाको सफ्टवेयर निर्माणमा ३ लाख रुपैयाँ बजेट विनियोजन हुँदा सोही कार्यक्रममा १०० प्रतिशत खर्च भएको छ ।

महेश सन्यास आश्रम देवघाटलाई सहयोगका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गर्दा १०० प्रतिशत खर्च भएका छन् । महामारी रोग र कोभिड १९ सम्बन्धी कार्यक्रम सञ्चालनका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन हुँदा सोही कार्यक्रममा १०० प्रतिशत खर्च भएका हुन् । सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुलाई तथ्यांकसम्बन्धी तालिम सञ्चालनका लागि २ लाख रुपैयाँ बजेट विनियोजन हुँदा सोही कार्यक्रममा १०० प्रतिशत खर्च भएको छ । सम्पूर्ण विद्यालयका बालविकास सहयोगी कार्यकर्तालाई प्रोत्साहन भत्ता वितरणका लागि १४ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन हुँदा सो कार्यक्रममा १०० प्रतिशत खर्च भएको हो । यस्तै अधुरो छात्राबास निर्माण हेटौंडा १९ का लागि एक लाख ५० हजार रुपैयाँ बजेट विनियोजन हुँदा १०० प्रतिशत खर्च भएको छ । कक्षा ८ को अन्तिम परीक्षा सञ्चालनका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गर्दा १०० प्रतिशत खर्च भएको छ ।

छात्राहरुका लागि सेल्फ डिफेन्स तालिम सञ्चालनका लागि २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । अतिरिक्त क्रियाकलप सञ्चालनमा भने बजेट छुट्टयाइएको छैन । विद्यालयमा आधारित बाल क्लबसम्बन्धी कार्यक्रमका लागि ३ लाख रुपैयाँ, भर्ना अभियान २०७८ सञ्चालनका लागि एक लाख रुपैयाँ, शैक्षिक क्यालेण्डर निर्माणका लागि एक रुपैयाँ, संस्थागत विद्यालयको प्रधानाध्यापक बैठक र अन्तरक्रियाका लागि एक लाख रुपैयाँ बजेट विनियोजनमात्र गरिएको छ । यस्तै कक्षा ५ सम्म सञ्चालित विद्यालयहरुलाई शैक्षिक सामग्री वितरणमा भने बजेट विनियोजन गरिएको छैन ।

गणित, विज्ञान शैक्षिक प्रर्दशनीका लागि एक लाख रुपैयाँ, थामी र चेपाङ बालबालिका शैक्षिक सामग्री सहयोग कार्यक्रमका लागि २ लाख, विद्यालय शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्नका लागि एक लाख ५० हजार रुपैयाँ, तामाङ भाषा कक्षा सञ्चालनका लागि २ लाख ५० हजार रुपैयाँ, नमुना बालविकास कार्यक्रम सहयोग अनुदानका लागि ६ लाख रुपैयाँ, सरस्वती आधारभूत विद्यालय वाल निर्माणका लागि २ लाख रुपैयाँ, अमर माविमा भौतिक संरचना निर्माणका लाग २ लाख रुपैयाँ, कालिका आधारभूत विद्यालय खेल मैदानका लागि २ लाख रुपैयाँ बजेट विनियोजन मात्र गरिएको छ ।

भैरव आधारभूत विद्यालयमा शौचालय मर्मत तथा पानी टंयाकी खरिदका लागि एक लाख रुपैयाँ, सिद्वार्थ मावि पूर्वाधार/शैक्षिक प्रवद्र्धन कार्य ७ लाख रुपैयाँ, हेटौंडा क्याम्पसको कम्प्युटर र प्रोजेक्टरका लागि ५० हजार रुपैयाँ, श्रमिक माविको इन्टरलक र गेट निर्माण कार्यका लागि ५ लाख रुपैयाँ, आधुनिक राष्ट्रिय माविको गेट र कम्प्युटरका लागि ४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजनमात्र गरेको छ । यस्तै, लक्ष्मी आधारभूत विद्यालयको कम्पाउण्ड, फर्निचर, रंगरोगन र विद्युत् वाइरिङ कार्यका लागि ५ लाख रुपैयाँ बजेट मात्र विनियोजन गरिएको छ ।

यसैगरी प्राविधिक विद्यार्थी छात्रवृत्ति अनुदान ६ जनालाई ३ लाख रुपैयाँ बजेट विनियोजन गर्दा १०० प्रतिशत खर्च भएको छ । नवज्योति मावि भौतिक पूर्वाधार निर्माण कार्यका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बालबोध मावि शिक्षा व्यवस्थापन बस खरिदका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन गर्दा १०० प्रतिशत खर्च भएको छ । अरनिको मावि ज्यामिरेको पर्खाल र खेल मैदान निर्माणका लागि ५ लाख बजेट विनियोजन गर्दा १०० प्रतिशत खर्च भएको हो । निर्मल मावि प्राविधिक शिक्षा छात्रवृत्ति वितरण हेटौंडा–१९ का लागि २ लाख रुपैयाँ बजेट विनियोजन गर्दा १०० प्रतिशत खर्च भएको हो । शैक्षिक विकास कार्यक्रमअन्तर्गत् नेपाल–जापान मैत्री विद्यालय पर्खाल निर्माण हेटौंडा १९ का लागि २ लाख रुपैयाँ बजेट विनियोजन हुँदा १०० प्रतिशत खर्च भएका छन् ।

शैक्षिक पूर्वाधार तथा स्तरोन्नत्ति, एक विद्यालय एक तरकारी नर्सरी कार्यक्रम, विद्यालय सहयोग कार्यक्रमका लागि भने बजेट विनियोजन भएको छैन । नवज्योति मावि शैक्षिक सहयोग कार्यक्रमका लागि एक लाख ३० हजार रुपैयाँ बजेट विनियोजन हुँदा विद्यालयलाई ईसीडी कक्षा सञ्चालन अनुदानका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गर्दा १०० प्रतिशत खर्च भएको छ ।

शैक्षिक विकास कार्यक्रम प्रगति, त्रिवेणी र दिव्यज्योति विद्यालयका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गर्दा ७७ दशमलब २१ प्रतिशत खर्च भएका छन् भने २ लाख २७ हजार ८ सय ८० रुपैयाँ मौज्दात छ । विद्यालय सञ्चालन तथा व्यवस्थापन कार्यक्रमका लागि ६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन हुँदा ७२ दशमलब २२ प्रतिशत खर्च भएका छन् भने एक लाख ८० हजार ५ सय ८० रुपैयाँ मौज्दात रकम बाँकी छन् । आनन्द भैरव आवि शैक्षिक पूर्वाधार स्तरोन्नत्ति ४ लाख रुपैयाँ बजेट विनियोजन हुँदा १०० प्रतिशत खर्च भएको छ । शंकरज्योति आवि शैक्षिक पूर्वाधार तथा स्तरोन्नतिका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन हुँदा १०० प्रतिशत खर्च भएका छन् । यस्तै शिक्षाअन्तर्गत १४ नम्बर वडाभित्रका ४ वटा विद्यालयका लागि भने बजेट विनियोजन भएको छैन ।