२०७७ को फागुन महिना चलिरहेको थियो । न त जाडो न त गर्मी हुने । यो मौसममा म भने रमाउँदै थिएँ । म त मौसम हेरेर कुनै राम्रो कुराको संकेत होला भन्दै रमाउँदै थिएँ । तब म त जम्मा ९ वर्षको सानी बालिका, मलाई के थाहा थियो र कस्तो ठूलो संकट आउन गइरहेको छ ? भनेर । घरमा छिमेकीहरुले कोरोनाको बारेमा भनिरहेका थिए । अर्को दिन म विद्यालय गएँ । त्यो दिन मैले साथीहरुसँग यसको बारेमा छलफल गरेँ । त्यो दिन त शिक्षक, शिक्षिकाहरुले पनि यसको बारेमा हामीलाई भन्नुभयो । राम्रो मौसम देखेर राम्रो समाचार पाउने छौं होला भनेर आशा गर्ने मैले नराम्रा समाचार मात्र सुन्न पाएँ, जसले मलाई निराश बनायो । केहि दिनपछि नेपाल सरकारले अनलाइन कक्षा हुने घोषणा गर्यो । मलाई के थाहा थियो र हामी कस्तो त्यागको भुमरीमा परिसक्यौं भनेर । म त अझै अनलाइन कक्षा पढ्न उत्सुक थिएँ ।
मैले लकडाउनमा कोभिड–१९ को बारेमा धेरै कुराहरु थाहा पाएँ । हामीलाई पहिलो पटक लागेको कोभिड–१९ त वास्तवमा कोरोनाको प्रकार मात्र रहेछ । यो पहिलो पटक चीनको वुहान भन्ने ठाउँमा देखिएको थियो । अनि यसलाई कोभिड–१९ भनेर २०२० मा फागुन ११ गते विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नामकरण गरेको थियो । धेरैजसो वैज्ञानिक र मानिसहरुको सोच यो छ कि कोभिड–१९ जनावरबाट मानिसमा सरेको हो र यो मासु बजारबाट आएको हो भन्ने धेरै मानिसहरुको सोच छ । धेरैजसो मानिस जसमा कोरोनाको हल्कादेखि मध्यमका लक्षणहरु देखिन्छन् उनीहरु प्राथमिक उपचारबाट पनि ठिक हुन सक्छन् भन्ने धेरैजसो मानिसहरु जसमा कोभिड–१९ को अत्याधिक लक्षणहरु देखिन्छन् उनीहरुलाई चिकित्सा ध्यानको आवश्यकता हुन्छ । सरकारले ठाउँ–ठाउँमा क्वारेनटाइनको व्यवस्था गरे तापनि कोरोनाको संक्रमण बढ्न थालेपछि अस्पतालमा बिरामी राख्ने ठाउँको अभाव, अक्सिजनको अभाव भएपछि बिरामीहरुको उपचार हुन नपाई अकालमै मृत्यु हुने भयो ।
यसले स्वास्थ्यमा मात्र असर नपुर्याई आर्थिक, राजनीतिक, सामाजिक, आदि क्षेत्रमा असर पुर्याएको छ । यसको कारण हजारौं बच्चाहरु अनाथ भए, मानिसहरुका रोजगार गए र उनीहरु बेरोजगार भए आदि । हाल विश्वमा ५४८ करोड मानिसहरुमा यसको संक्रमण देखिएको छ र विश्वमा ६.३४ करोड मानिसहरुको कोरोनाको कारण मृत्यु भइसक्यो भने हाल नेपालमा ११,९५२ हजार मानिसको कोरोनाको कारण मृत्यु भइसक्यो र ९८० हजार मानिसहरु कोरोनाबाट संक्रमित भइसके । हाल विश्वका हाम्रा बुद्धिमान वैज्ञानिकहरुले कोरोनााट बच्न जोन्सन एण्ड जोन्सन, कोभ्याक भ्याक्सिन, मोडर्ना जस्ता खोपहरुको निर्माण गरिसके । अहिले त नेपालका ७८.९५ जनसंख्याले पहिलो खोप लगाई सके भने ६९.६५ जनसंख्याले दोस्रो खोप पनि लगाई सके ।
आजको दिनमा कोभिड–१९ बाट बच्नका लागि विभिन्न खोपहरुको उत्पादन र प्रयोग गर्दा कोभिड–१९ को असर स्वास्थ्य लगायत सबै क्षेत्रमा निर्मूल नै भएको छ । ५ वर्ष माथि उमेरसम्मका धेरैले खोपहरु पाएका छन् । तथापी यस प्रकारले महामारीको सम्भावना भने सधै नै रहन्छ । विगतमा विफर र स्पानिस फ्लु जस्तो रोगहरुले विश्व आफन्त भएको इतिहास छ । त्यसैले यस्ता महामारीहरु आउनु भन्दा पहिल्यै नै हामी होसियार र चनाखो भएर बस्नुपर्छ ।
खोपहरु आइसकेपछि र कोरोनाको संक्रमण कमजोर हुँदै गएपछि संसारकै सबै मानिसहरु सरल जीवन जीउन थालेका छन् । म पनि पहिले जस्तै विद्यालय गएर सबैसँग खेल्न पाउँदा निकै खुसी छु ।
कमाने एमेडेकी, कक्षा–६