हेटौंडाः परोपकार युवा सञ्जाल नेपाल र दारी ग्याङ हेटौंडाको सहकार्यमा मकवानपुरको मनहरी–३, लामिटारस्थित नवज्योति प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
एक कार्यक्रमका बीच शनिबार ३३ जना विद्यार्थीलाई स्कुल व्याग, कपि, कलम, न्यानो कपडा वितरण गरिएको हो । परोपकार युवा सञ्जाल नेपाल र दारी ग्याङ हेटौंडाको आयोजनामा यसअघि पनि विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरणको कार्य गर्दै आएको छ ।