मित्रसेन थापा भन्नु नेपाली साहित्य,सङ्गीत र संस्कृतिका धरोहर नाउँ हो । चाहे नेपाली आधुनिक गीतलाई होस्,चाहे नेपाली लोक गीतलाई होस्, अनि चाहे भजनलाई नै होस् मीठा शब्दकुँदेर , लोकपाराको धूनकायम गरेर र सुललित स्वर जोडेर मित्रसेनले आफ्नो युगमा एउटा विशाल साँस्कृतिक मञ्चको स्थापना गरेका थिए । वास्तवमा त्यतिबेला उनी एउटा मास्टर मित्रसेन थापा मात्र थिएनन्, उनी त साहित्य सङ्गीतका सिङ्गो संस्था नै थिए । कुनैकुनै युगमा एउटा मान्छे त्यस युगको प्रतिनिधित्व गर्छ भन्ने कुराको प्रमाण मित्रसेन नै थिए । त्यसबेला मित्रसेन थापाले नै नेपाली संगीतको रथ हाँकेका थिए । त्यसैले यो नाउँ नेपाली भाषा बोलिने जुनसुकै कुनामा पनि अत्यन्तै व्यापक छ , पूजनीय छ र मर्यादित छ ।
मित्रसेन थापाले नेपालै नदेखि नेपालको जय गान गाएका थिए । हुन त उनी भारतमा जन्मे,त्यहीँ हुर्के र त्यहीँका जागिरे भएता पनि उनको मनले नेपाल नै आफ्नो पुर्खाको प्यारो भूमिभनेर कदर गथ्र्यो । उनीभौतिक रुपमा जहाँका भए पनि उनको मुटुले आफूलाई नेपाली नै भन्थ्यो । नेपाली संगीत जगतका वीर पुरुष मित्रसेन थापाको जन्म संवत् १९५२ साल पुस १४ गते भारतको हिमाञ्चल प्रदेशको भाग्सु तोतारानी छाउनी धारा खोलामा भएको थियो । मानवीरसेन थापा राधाथापाका एक मात्र सन्तान मित्रसेन पिताको कार्य क्षेत्र गोर्खा राइफल्सको वातारणमा हुर्किए । घरको दयनीयआर्थिक अवस्थाका कारण प्राथमिक तहबाटै पढाइ छोडेका मित्रसेन बाबुकै पेशालाई पछ्याउँदै सेनामा भर्नामा भए । सोह्र वर्षको उमेरमा कलावतीसँग विवाहबन्धनमा कसिएका मित्रसेन विवाहको लगत्तै फस्र्ट गोरखा राइफल्सको तर्फबाट प्रथम विश्वयुद्धमा होमिए । चारवर्षको लगातार युद्घको त्रासदी र बन्दुकको बर्बराहटबाट मुक्ति चाहिरहेका मित्रसेन सेनामा भर्ति भएको सातवर्षपछि सैनिक सेवाबाट अवकाश लिएर बिदा भए ।
घरमा आमाले चलाउदै आएको सानो पसलबाट पारिवारि खर्च धान्न मुस्किल परेपछि सेनाको लागि क्यान्टिन चलाउँदै गीत संगीतमा सरिक भए । लाहुरे जीवनकाकथाव्यथामाआधारित गीतगाउनथालेपछि उनका अघि र पछि संगीतका पारखीहरुको ताँती नै लाग्ने गथ्र्यो । साहित्य र संगीतलाई एउटा संस्थागत स्वरुपदिएर जनसहभागिता जुटाउन उनी क्रियाशिल थिए । परिणाम स्वरुप उनकै नेतृत्वमा हिमालयन थियट्रिकल कम्पनीको स्थापनाभयो । त्यस संस्थामाउनीद्वारा लिखित र निर्देशित धेरै नाटकहरु प्निप्रदर्शन भए । त्यसै कम्पनी मार्फत उनले अनगिन्ती नेपाली गीतहरु पनिगाए । त्यसै बेलाको ख्याति पनि जोडिएर उनलाई मास्टर पनि भन्न थालियो । केहि वर्षसम्म गीत संगीतमा क्रियाशील भएपछि उनी नेपालीहरु भएका भारतका अन्य ठाउँमा पनि गए । उनी जहाँजहाँ पुगे त्यहाँत्यहाँ नाचगान, नाटक र साहित्यीकगोष्ठी गर्न थाले । यसै क्रममा उनी नेपाल पनिआए ।
मित्रसेन थापाको पुख्र्यौली थलोचाहिँ नेपालको पर्वत जिल्लास्थित राखुखोला नै थियो । यिनकाबाजे सुन्द्रु थापा मगर पनि सेनामा थिए । सुन्द्रु थापा मगर युद्धको समयमा काँगडा किल्लाभित्र परेका हुँदा त्यतिखेरदेखि नै यिनीहरु स्वतःभारतीय भूभागमा पर्न गएकाथिए । त्यसैले मित्रसेन भारतमै जन्मन पुगेका थिए । जहाँजन्मे तापनिउनीआफ्नो पुर्खाको थलो खोज्दै १९९० सालमा नेपाल आएका थिए । नेपाल प्रवेश गरेपछि उनी साँस्कृतिक मञ्चनमा लागे । उनले नाटक, गीतर संगीतबाट नेपालीहरुलाई आफ्नै भावनामा बेर्न थाले । नेपालमा उनको प्रशंसकको ताँती नै लाग्नथाल्यो । नेपाली साहित्य आकाश कात्रिमूर्ति अर्थात कवि शिरोमणी लेखनाथ पौड्याल, नाट्य सम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा पनिमित्रसेनको साहित्य र संगीतबाट आह्लादित भएका थिए ।
नेपालमा बसेताका मित्रसेन थापाले आफ्ना मौलिक साँस्कृतिक कृत्यहरु नेपालीकै काखमा अर्पित गरिरहे । उनको गीतसंगीत र नाच हेर्न मान्छेको घुइँचो नै लाग्ने गथ्र्यो । “आजमित्रसेनले फलाना ठाउँमा गीतगाउने अरे , अनि फलाना ठाउँमा गीत गाउँदै नाच्ने अरे” भनेपछि त्यहाँ मान्छेको मेला नै लाग्ने गर्दथ्यो । उनले नेपालका गाउँबेसी र कुनाकन्दराहरु चहार्दै छिट्टै आफ्नो प्रभाव जमाएका थिए । दौरा,सुरुवाल र बिर्के टोपीमा सजिएर हिड्ने मित्रसेनले नेपाली भेष, भूषा र भाषामाआफूलाई पूर्ण रुपमा समाहित गराए ।
हैजाको महामारीमा परेर श्रीमती र तीन सन्तान गुमाए पछि मित्रसेनले ३० वर्षको उमेरमापुनःविवाह गरे । विवाहबन्धनमा बाँधिएर नयाँ घरसंसार चलाउन थालेपछि मित्रसेन पुनः साँस्कृतिक जागरणमा लागे । उनी संगीत र साहित्य रचनाका अतिरिक्त धर्ममापनि सरिक भए । उनले आफ्नो जन्मथलो भाग्सुमा गोरखा सत्सङ्ग प्रचारिणी सभाको स्थापना गरे । गीत,संगीत र साहित्य रचना गरेर नेपाली मौलिकपनलाई श्रीवृद्धि गर्नमा अतुलनीय योगदान पुर्याउनु भएका मित्रसेन २००२ साल चैत्र २५ गते भौतिक चोलाबाट सदासदाका लागि विश्रामलिनपुगे । मित्रसेन हामीबाट बिदाभएको धेरै समय बितिसक्दापनिमलाई खुत्रुक्कै पार्यो जेठान तिम्रै बहिनीले,लाहुरेको रेलिमै फेसनै राम्रो,देशै रमाइलो,अब त जाऊँ कान्छी घर लगायतका काल जयी गीतहरुले उनलाई आजसम्म जीवन्त बनाइराखेको छ ।