हेटौंडाः हालै सम्पन्न मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभामा संघको सदस्यमा निर्वाचितलाई सचेत नागरिक युवा समूहले सम्मान गरेको छ । समूहका सल्लाहकार नरेन्द्र भण्डारी र सदस्य रुपकराज दाहाल मकवानपुर उद्योग वाणिज्य संघको सदस्यमा निर्वाचित हुनुभएको छ ।
समूहका अध्यक्ष शिवनारायण श्रेष्ठको अध्यक्षतामा शनिबार भण्डारी र दाहाललाई सम्मान गरिएको हो । सामाजिक संघ, संस्थामा सचेत नागरिकको उपस्थितिले संघ, संस्थाको गरिमा र प्रभावकारितामा वृद्धि हुने उल्लेख गर्नुहुँदै सचेत नागरिकका पदाधिकारीले संघमा प्रभावकारी भूमिका निर्वाह गर्ने पनि श्रेष्ठले दावी गर्नुभएको छ ।