८ कक्षाको परीक्षा दिँदै विद्यार्थी । फाइल तस्वीर ।

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिकामा आगामी चैत ७ गतेबाट कक्षा–८ (आधारभूत तह) को वार्षिक परीक्षा सुरु हुने भएको छ । परीक्षा दिउँसो १ बजेदेखि ३ बजेसम्म संचालन हुने बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जानकारी दिनुभयो ।

पहिलो दिन अनिवार्य अंग्र्रेजी विषयको परीक्षा हुनेछ । यस्तै ८ गते अनिवार्य नेपाली, १० गते अनिवार्य गणित, ११ गते विज्ञान तथा प्रविधि, १२ गते सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको परीक्षा हुनेछ । यस्तै १३ गते स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला, १४ गते स्थानीय विषय÷ कम्प्युटर विषयको परीक्षा हुने छ । २२ वटा विद्यालयमा परीक्षा संचालन हुनेछ ।