धुलिखेल: बागमती प्रदेश सरकारअन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालयले आयोजना गरेको समाचार लेखन तथा सम्पादनसम्बन्धी तालिम मंगलबारदेखि काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलमा सुरु भएको छ । शनिबारसम्म सञ्चालन हुने तालिममा २४ जनाको सहभागिता रहेको छ ।
पहिलो दिन सहभागी बीच परिचयपछि समाचार लेखन र सम्पादन सम्बन्धी विषयमा छलफल भएको छ । दोस्रो र तेस्रो दिन फिचर समाचार लेखन, चौथो दिन अग्रिम सम्पादन, फिचर समाचार सम्पादन र पाँचौं दिन तालिममा सिकेका विषय छलफल र समापन हुनेछ । तालिममा रमेश ढुंगेल र सुरेन्द्र पाण्डेले प्रशिक्षकको भूमिका निर्वाह गर्नु हुनेछ । तालिममा समृद्ध समाज राष्ट्रिय दैनिककी संवाददाता सुमिना चौलागाई पनि सहभागी हुनुहुन्छ ।