साधारणसभाको उद्घाटन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत ।

हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभा शनिबार भएको छ । सहकारीका अध्यक्ष हिमप्रसाद पौडेलको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन सत्र भएको थियो ।

साधारणसभामा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामा, ११ नम्बर वडा अध्यक्ष गोकर्णप्रसाद पराजुलीको पनि उपस्थिति रहेको थियो । एक हजार आठ सय ९३ जना सेयर सदस्य रहेको सहकारीको सेयरपुँजी ३ करोड ७६ लाख पुगेको छ ।

यस्तै २१ करोड ११ लाख रुपैयाँ बचत संकलन गरेको सहकारीले १९ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ । साधारणसभाबाट सहकारीको नयाँ सञ्चालक समिति गठन गर्ने कार्यक्रम समेत रहेको सहकारीका अध्यक्ष हिमप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।