सांकेतिक तस्वीर ।

हेटौँडा: काभ्रे जिल्लाको सुनकोशी गाउँपालिका–५, काशीखर्क ओडारेमा एक जना पुरुषको रुखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपालिका–५, काशीखर्क ओडारेका ४६ वर्षीय कुल बहादुर भट्टराई रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

घरबाट ३ सय मिटर उत्तर आफ्नै बारीमा रहेको फोस्राको रुखमा घाँस झार्ने क्रममा भट्टराई लडेका थिए । भट्टराईको टाउकोमा चोट लागि घाईते भएका थिए । घाईते भट्टराईलाई श्रीमतिले तत्काल उपचारका लागि स्थानीय खाल्टेस्थित आत्मिय सामुदायिक अस्पताल लगेको प्रहरीले जनाएको छ । उक्त अस्पतालको चिकित्सकले भट्टराईलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।